🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं, २५ बैशाख । नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी भारी मतले निर्वाचित भएका छन् । 

बिहीबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धाी प्रकाश तिमल्सिनालाइ पराजित गर्दै अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित अधिकारीले ४५ मत ल्याउँदै तिमल्सिनाले ३५ मतमा सिमित भए ।

प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा गोविन्द रेग्मी र सञ्जिव शिल्पकार निर्विरोध निर्वाचित भए पनि महासचिवमा राजु घिसिङलाई पराजित गर्दै अञ्जन खड्का निर्वाचित भएका छन् । खड्काले ५१ मत प्राप्त गर्दा महासचिवका उम्मेदवार घिसिङले २९ मतमा सिमित भए ।

यस्तै, सचिव पदमा अनिल मल्ल ठकुरी र कोषाध्यक्षमा मुना कार्की निर्विरोध निर्वाचित भएकी छिन् भने सदस्यहरूमा अभिनव जोशी, कविरस शर्मा, रमेश सुवेदी र नमिता दाहाल निर्वाचित भएका छन् ।