🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शिक्षकको परीक्षा तयारी पूरा

काठमाडौँ, ५ असोज : शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै काम सकिएकाले ढुक्क भएर परीक्षामा सामेल हुन परीक्षार्थीलाई समेत आग्रह गरेका छन् । 

यही असोज ११ गते माध्यमिक तह, १२ गते निम्नमाध्यमिक तह र १३ गते प्राथमिक तहको परीक्षा उनका अनुसार सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइसकेको छ भने प्रश्नपत्र परीक्षा हुनुभन्दा एक दिन अगाडि मात्र पुग्ने छ । 

परीक्षाको तयारीको शनिबारदेखि सोमबारसम्म शिक्षा विकास तथा जिल्ला समन्वयका प्रमुख र केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापनसम्बन्धी तालीमसमेत दिइने थालिएको जानकारी गराए । 

परीक्षामा ३४ जिल्लामा एक हजार २३२ परीक्षाकेन्द्र स्थापना गरिएको छ । परीक्षा सञ्चालन गर्नका लागि एक हजार २३२ केन्द्राध्यक्ष र दुई हजार ४६४ सहायक केन्द्राध्यक्षसहित करीब १४ हजार कर्मचारी आवश्यक पर्ने उनले बताए । 

परीक्षामा १२ हजार ७३९ पदका लागि करीब दुई लाख ७५ हजार परीक्षार्थी रहेका छन् । प्राविमा एक लाख ५५ हजार, निमाविमा ८१ हजार र माविमा ३९ हजार परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षालाई मर्या्दित बनाउनका लागि जुन जिल्लाबाट परीक्षा फाराम भरेको हो सोही जिल्लाबाट परीक्षा दिन नपाइने नयाँ व्यवस्था गरिएको छ । (रासस)