🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गाजामा उच्च इजरायली सैन्य अधिकारीको मृत्यु

गाजा, १४ बैशाख । गाजामा इजरायली उच्च सैनिक र प्रहरी अधिकारीको मृत्यु भएको छ ।

इजरायलको सेना र यसको प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी गाजा स्ट्रिपमा जारी लडाइँमा एक सैनिक र एक खुफिया प्रहरी अधिकारी मारिएको घोषणा गरेको हो । इजरायली सेनाका अनुसार गाजा पट्टीको उत्तरमा २१ वर्षीय सैनिकको मृत्यु भएको थियो ।

उता, मारिएका प्रहरी अधिकारीमा सीमा प्रहरीको दक्षिणी यामस युनिटमा गुप्तचर अधिकारीको रूपमा कार्यरत रहेको जनाइएको छ ।

टाइम्स अफ इजरायलले शुक्रबार दिउँसो गाजा शहरको शुजाइया इलाकामा हमास विरुद्ध लड्ने क्रममा दुवै जनाको मृत्यु भएको जनाएको थियो ।