खराब खानपान र जीवनशैलीका कारण मानिसहरू थकान र कमजोरी महसुस गर्दछन् । शरीरमा पोषक तत्वको कमी र अन्य स्वास्थ्य सम्बन्धी समस्याहरूको कारणले यस्तो हुन सक्छ । यस्तो अवस्थामा यसबाट राहत पाउनको लागि खनिज र भिटामिनले भरिपूर्ण केही स्वस्थ ऊर्जा बढाउने खानेकुराहरू आहारमा समावेश गर्न सकिन्छ । यसबाहेक, प्रोटिन, कार्बोहाइड्रेट, हेल्दी फ्याट र भिटामिन बी–६ जस्ता पोषक तत्वहरूले भरिपूर्ण आहार लिनुहोस् । जसले शरीरबाट कमजोरी र थकान हटाएर शरीरलाई ऊर्जा दिन मद्दत गर्छ, साथै यसले मानसिक स्वास्थ्यमा पनि धेरै फाइदा पु¥याउँछ ।
बदाम ः बदाममा ओमेगा–३ फ्याटी एसिड, म्याग्नेसियम र भिटामिन ई जस्ता पोषक तत्वहरू हुन्छन् । यसको सेवनले शरीरलाई ऊर्जा दिन्छ, छालालाई स्वस्थ राख्छ र अन्य धेरै स्वास्थ्य लाभहरू प्रदान गर्दछ ।
एभोकाडो : एभोकाडोमा पनि ओमेगा–३ फ्याटी एसिड, फाइबर, पोटासियम, फोलेट, म्याग्नेसियम, भिटामिन ई, सी, बी६ र के जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले शरीरलाई ऊर्जा प्रदान गर्न, तौल घटाउन र छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।
केरा : केरामा पोटासियम, फाइबर, कार्बोहाइड्रेट, भिटामिन र एन्टी–अक्सिडेन्ट पाइन्छ । यसले शरीरलाई ऊर्जा दिनुका साथै पाचन प्रणालीमा पनि सुधार गर्दछ ।
ओखर : ओखर ओमेगा–३ फ्याटी एसिड, प्रोटिन, फाइबर र भिटामिन ई जस्ता धेरै पोषक तत्वहरूको समृद्ध स्रोत हो । यसको सेवनले शरीरलाई ऊर्जा दिन र लामो समयसम्म पेट भरिएको राख्न मद्दत गर्छ ।
सुन्तला : सुन्तलामा एन्टी–अक्सिडेन्ट गुण, फाइबर, भिटामिन सी र अन्य पोषक तत्वहरू प्रशस्त मात्रामा हुन्छन् । यसको सेवनले शरीरलाई ऊर्जा दिन, छालालाई स्वस्थ राख्न र पाचन प्रणालीमा सुधार गर्न मद्दत गर्छ । यसबाहेक अन्य फलफूल खानु पनि स्वास्थ्यको लागि फाइदाजनक छ । फलफूलमा धेरै पोषक तत्वहरू पाइन्छ ।
सखरखण्ड : सखरखण्डमा भिटामिन ए, फाइबर र कार्बोहाइड्रेट जस्ता धेरै पोषक तत्वहरू राम्रो मात्रामा पाइन्छ । यसको सेवनले शरीरलाई ऊर्जा प्रदान गर्न, पाचन सुधार गर्न र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
दाल : दालहरू प्रोटिन, आइरन, फाइबर, पोटासियम र म्याग्नेसियम जस्ता पोषक तत्वहरूको समृद्ध स्रोत हुन् । यसको सेवनले शरीरलाई उर्जा प्रदान गर्नुका साथै रगतमा चिनी(सुगर)को मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ ।
दही : दहीमा राम्रो मात्रामा प्रोबायोटिक गुण हुन्छ । यसका साथै यसमा प्रोटिन, क्याल्सियम र कार्बोहाइड्रेट जस्ता धेरै पोषक तत्वहरू पाइन्छ । यिनीहरूको सेवनले पाचन प्रक्रियामा सुधार ल्याउन र शरीरलाई ऊर्जा प्रदान गर्न मद्दत गर्छ ।
गेडागुडी : गेडागुडीमा फाइबर, कार्बोहाइड्रेट, भिटामिन जस्ता पोषक तत्व र एन्टी–अक्सिडेन्ट गुणहरू प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले शरीरलाई ऊर्जा र अन्य स्वास्थ्य लाभ प्रदान गर्दछ ।
तरकारी : शरीरको कमजोरी हटाउन पालक र ब्रोकाउली जस्ता स्वस्थ र पौष्टिक खानेकुराहरू समावेश गर्न सकिन्छ । यसमा फाइबर, आइरन र भिटामिन जस्ता पोषक तत्वहरू प्रचुर मात्रामा पाइन्छन् । यसको सेवनले रातो रक्त कोशिकाको उत्पादनमा सुधार ल्याउन र शरीरको कमजोरी हटाउन मद्दत गर्छ ।
यस्ता खानाबाट एलर्जी हुन्छ भने सेवन गर्नु हुुँदैन । शरीरमा अत्यधिक कमजोरी महसुस हुन्छ वा अन्य कुनै समस्या छ भने तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्दछ । (साँघु साप्ताहिक, २०८२ वैशाख १)
प्रतिकृया दिनुहोस