काठमाडौं, ६ बैशाख । यस पटक विश्वको सबैभन्दा प्रतिष्ठित फोटो पत्रकारिता पुरस्कार ‘वर्ल्ड प्रेस फोटो अफ द इयर २०२५’ को उपाधि एक प्यालेस्टिनी बालकको तस्बिरलाई दिइएको छ, जसले गाजा युद्धको त्रासदीलाई संवेदनशील रूपमा बाहिर ल्याएको छ ।
यो इजरायली आक्रमणमा दुवै हात गुमाएका ९ वर्षीय प्यालेस्टिनी बालक महमूद अज्जुरको तस्बिर हो। यो तस्बिर हाल कतारको दोहा सहरमा बस्दै आएकी गाजाका फोटो पत्रकार समर अबु अलुफले खिचेकी हुन् । समरले यो फोटो जुन २०२४ मा खिचेका थिए, जब उनी र महमूद दोहाको एउटै अपार्टमेन्ट कम्प्लेक्समा बसिरहेका थिए। महमुदलाई उपचारका लागि परिवारसहित त्यहाँ ल्याइएको थियो ।
आउनुहोस् जानौं फोटो ‘अफ द इयर ब्वाई महमूद र फोटोग्राफर समर’ को कथा ।
तस्बिरमा महमूद अज्जूर शान्त आँखाले क्यामेरालाई हेरिरहेका छन्, उनका दुवै हात काँधभन्दा तल छुटेका छन् । यो तस्बिर न्यूयोर्क टाइम्सका लागि लिइएको हो र मार्च २०२४ मा गाजा शहरमा भएको आक्रमण पछिको हो ।
समर अबु अलौफ एक स्व–विवेकले बनेका फोटो पत्रकार हुन्, जसको अर्थ उनले फोटोग्राफीमा कुनै औपचारिक प्रशिक्षण लिएका छैनन् । सन् २०१० देखि हालसम्म उनले गाजाका हरेक प्रमुख समाचारलाई कभर गरिरहेकी छिन् । चाहे त्यो संघर्षको कथा होस् वा आम जनताको जीवन ।
सन २०२१ मा इजरायल–गाजा युद्धको क्रममा उनले न्यूयोर्क टाइम्सका लागि काम गर्न थालिन। त्यसबेलादेखि आजसम्म उनले युद्धका धेरै तस्बिरहरू विश्वमा पठाइरहेकी छिन् ।
यस अघि पनि उनले अवार्ड जितिसकेकी छन् । सन २०२३ मा उनले पोल्क अवार्ड जितिन्, जसमा उनको एउटा तस्बिर निकै लोकप्रिय भयो। त्यो तस्बिरमा विद्यालयमा केही बालबालिका टाउको उठाएर आकाशतिर हेरिरहेका थिए, माथिबाट बम खसेको देखिन्थ्यो । सन २०२४ मा उनले ‘एन्जा निडरिंगहस साहसी फोटो जर्नालिज्म अवार्ड’ प्राप्त गरिन, जसमा उनले १२ फोटोहरूको श्रृंखलामा युद्धमा महिला र बालबालिकाको अवस्था देखाएकी थिइन् ।
सन २०१९ मा उनले मिडल ईस्ट आईको लागि पनि काम गरिन्, जहाँ उनले बाल मृत्यु मात्र नभई गाजाको सामाजिक आर्थिक समस्याहरू पनि दस्तावेज गरेकी थिइन् । समरले २०१६ मा एक अन्तर्वार्तामा गाजामा यो काम सुरु गर्न निकै गाह्रो भएको बताएका थिइन । त्यो बेला न जनताले हौसला दिए, न कसैले वास्ता गरेका थिए तर आज उनका तस्बिरहरू विश्वका ठूला पत्रिकाका पानामा छापिरहेका छन् । र अहिले महमूदको तस्बिरमार्फत समरले अवार्ड मात्रै नभई सारा विश्वलाई युद्धको पीडा पनि देखाएकी छिन् ।
प्रतिकृया दिनुहोस