काठमाडौं, वैशाख ६ – नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा संगठनको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा एक दिवसीय निःशुल्क दन्त शिविर सम्पन्न भएको छ।
उक्त दन्त शिविर सडक विभागको परिसरमा आयोजना गरिएको हो, जसमा ओम समाज डेन्टल हस्पिटलको प्राविधिक तथा विशेषज्ञ टोलीको सक्रिय सहभागिता रहेको थियो। शिविरमा करिब १ सय २० जनाले दन्त स्वास्थ्यको जाँच गराएका थिए।
शिविरको संयोजन संगठनको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिले गरेको हो भने कार्यक्रम संगठनका विभागीय अध्यक्ष इन्जिनियर प्रमोद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो।
यस किसिमका स्वास्थ्य सेवाले निजामती कर्मचारीहरूको स्वास्थ्यप्रति सचेतना जगाउने तथा समयमै उपचारमा सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ।
प्रतिकृया दिनुहोस