🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पञ्जाबले आईपीएलमा सबैभन्दा कम स्कोरको रक्षा गर्दै रच्यो इतिहास

काठमाडौं, ३ बैशाख । पञ्जाब किंग्सका खेलाडीले मंगलबार कोलकाता नाइट राइडर्ससँगको निकै रोमाञ्चक खेलमा चार विकेट लिएर आफ्नो टोलीलाई लगभग हराएको खेल जिताउन सफल भए । खासमा चहलले मात्र २८ रनमा चार विकेट लिएर पञ्जाबलाई ऐतिहासिक जित दिलाए ।

टस जितेर ब्याटिङ गरेको पञ्जाबको टोली १११ रन मात्रै बनाउन सफल भयो । केकेआर विरुद्ध मात्र १५।३ ओभरमा पुरै टोली ध्वस्त भयो। तर चहल र मार्को जेन्सेनको बलिङका कारण पञ्जाबले आईपीएलमा सबैभन्दा कम स्कोरको रक्षा गर्दै इतिहास रच्यो ।

एक समय केकेआर टोलीले लक्ष्यमा सजिलै पुग्ने र खेल जित्ने देखिन्छ । उनका दुई विकेट चाँडै नै खसे तर कप्तान अजिंक्य रहाणे र अङ्क्रिश रघुवंशीले उत्कृष्ट साझेदारी गर्दै तेस्रो विकेटका लागि ५५ रन जोडे । 

पावरप्लेको अन्त्यसम्म यी दुई ब्याट्सम्यानले टोलीको स्कोर ५५ मात्र दुई विकेटको क्षतिमा पुर्याएका थिए। कोलकातालाई अर्को १४ ओभरमा ५७ रन मात्र आवश्यक रहेको थियो । त्यसपछि रहाणे र उनका साथी ब्याट्सम्यान रघुवंशीको गल्ती र पञ्जाब किंग्सका श्रेयस अय्यरको आक्रामक कप्तानीले खेलको काँटछाँट गरेको थियो ।

चहललाई आठौं ओभरमा ल्याइयो र पहिलो बलबाटै स्पिन गर्ने क्षमता देखायो । बल घुमिरहेको देखेर कप्तान अय्यरले फिल्डरलाई स्लिपमा राखे । त्यस ओभरको चौथो बलमा स्पिन खेल्नुको सट्टा रहाणेले त्यसविरुद्ध स्वीप शट खेले र अम्पायरले उनलाई एलबीडब्ल्यू आउट दिए ।

दुवै ब्याट्सम्यानबीच थर्ड अम्पायरको रिभ्यु लिनको लागि छलफल पनि भएको थियो तर उनीहरुले रिभ्यु लिन सकेनन् । पछि, रिप्लेबाट बल अफ स्टम्प बाहिर प्याडमा ठोक्किएको र उनी नटआउट भएको देखियो ।

उनी आउट भएपछि विकेटको चपेटामा परेको थियो र ब्याट्सम्यानले एकपछि अर्को विकेट गुमाउँदै थिए ।