दमौली, २१ माघ : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा रु ३७ लाख ७७ हजारको लागतमा खानेपानी योजना सम्पन्न भएको छ ।
स्थानीयवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ २०७३ असारदेखि सो योजना निर्माण थालिएको हो । सांसद विकास कोषबाट रु १० लाख, नेपाल विद्युत् प्राधिकरणबाट रु १२ लाख, शुक्लागण्डकी नगरपालिकाबाट रु १० लाख तथा उपभोक्ताले रु २ लाख ५५ हजार बराबरको जनश्रमदान गरी सो योजना निर्माण गरिएिको उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र थापाले जानकारी दिए ।
योजनाबाट २ सय परिवार लाभान्वित हुने छन् । प्रत्येक घरमा मिटर जडान गरेर पानी वितरण थालिएको छ । योजना निर्माण भएपछि पानीका लागि टाढाटाढा जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासी जयश्वर पाण्डेले बताए । गण्डकी प्रदेशसभाका सदस्य आशा कोइरालाले उक्त आयोजनाको उद्घाटन गरिन् । (रासस)



