🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भूकम्पको क्षति आँकलन कार्य प्रभावकारी बनाउन उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ, २१ चैत : प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाका नागरिकका निजी आवासको विस्तृत क्षति आँकलन कार्य प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले आज सिंहदरबारमा गर्नुभएको भेटका क्रममा उपप्रधानमन्त्री सिंहले त्यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग रहने स्पष्ट पार्नुभयो । भेटका अवसरमा उहाँहरुबीच जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाका निजी आवासको विस्तृत क्षति आँकलनलगायतका विषयमा छलफल भएको थियो । 

सो अवसरमा कार्यकारी प्रमुख भट्टले मन्त्रालयबाट क्षति आँकलनका लागि खटिएका प्राविधिकको म्याद थप गरिदिन तथा अन्य प्राविधिक जनशक्ति थप गरिदिन उपप्रधानमन्त्री सिंह समक्ष आग्रह गर्नुभयो । उपप्रधानमन्त्री सिंहले क्षति आँकलनमा खटिएका प्राविधिकको म्याद थपिने आश्वासन दिनुभएको कार्यकारी प्रमुख भट्टले जानकारी दिनुभयो ।
–––