🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रचना रिमालको  ‘यति माया गरुँकी तिमीलाई’मा प्रबिन र समीक्षा (भिडियोसहित)

काठमाडौँ । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको ‘यती माया गरुँकी तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

गीतकार सिएल शर्माका शब्द सृजना रहेको गीतमा गायक  श्रेष्ठ स्वयमकै संगीत, याकुब तामाङको एरेन्ज तथा दिनेश न्यौपानेको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

भिडियोमा मोडलद्वय प्रबिन डिसी र समीक्षा न्यौपानेको अभिनय रहेको छ । भिडियोले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई देखाएको छ । निर्देशक जश बहादुर याक्ख्याको निर्देशन रहेको भिडियोको छायांकन कालिन्चोकमा गरिएको हो । गायक तथा संगीतकार श्रेष्ठ प्रवासमा रहेर पनि नेपाली गीतसंगीतको क्षेत्रमा निकै क्रियाशील सर्जक मानिन्छन् । 

उनका आधा दुःख घटाएर, तिमी बिना,  तिमी सुस्तरी, बाँचुन्जेल, उड्ने रहर, तिम्रो बारे, सुस्तरी सुस्तरी, थोपा, जिन्दगीकी रहोमे, वैशाखे घामलगायतका गीतहरू उनकै अफिसियल च्यानलबाट बजारमा आइसकेका छन् ।

सार्वजनिक गीतमा ज्ञानेन्द्र हुमागाई र सन्तोष तिमल्सिनाको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ । सन्तोष रनबाहको कोरियोग्राफी रहेको गीतको भिडियो गायक स्वयमकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।
 

भिडियो ः