🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्दै

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दै छ । कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

बोनस सेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । यसैगरी, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरु पनि सभामा पेश हुनेछ । 

सभा अनमोल बेंक्वेट, शंखमुल काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यसले फागुन २६ गते बुक क्लोज गरिसकेको छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।