🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

म्याद सकिएको दुई वर्षमा पनि मन्थलीको बहुउद्देश्यीय कवर्डहल अझै अलपत्र 

रामेछाप । २०७७ सालमा निर्माण सुरु भएको रामेछापको सदरमुकाम मन्थलीको बहुउद्देश्यीय कवर्डहल निर्माणको काम अझै अलपत्र अवस्थामा छ । 

मन्थली नगरपालिका–२ को भुत्त्याहा खोला छेउमा निर्माण गरिएको सो कवर्डहलको झण्डै ८० प्रतिशत काम सकिएको भए पनि निर्माण व्यवसायीले बाँकी काम पुरा नगर्दा कवर्डहल अलपत्र बनेको छ । निर्माण व्यवसायीले निर्माणकार्य अलपत्र छाडेपछि कवर्डहल भूतबङ्गला जस्तो भएको छ । 

सुनकोसी–गिरी जेभी काठमाडौंले २०७७ असारबाट कवर्डहल निर्माणको काम सुरु गरेको थियो । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ६ करोड, ५७ लाख, ९२ हजारको लागतमा सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई काभ्रेपलान्चोक मार्फत कवर्डहल निर्माणको ठेक्का लागेको थियो ।

\"\"

सो कवर्डहलको डिजाइन नेपालमै हालसम्मको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त गरिएको छ । सो कवर्डहलमा नेपालमै अहिलेसम्म प्रयोगमा नआएको रिमोटबाट चल्ने अटोमेटिक चियरको स्टमेट थियो । जसको लागि २ करोड ८५ लाख रुपैयाँ लागत स्टमेट छ । तर निर्माण कम्पनीले सो काम जम्मा ८५ लाखमा सम्पन्न गर्ने गरी ठेक्का लिएको छ । 

अहिले निर्माण कम्पनीले रिमोटबाट चल्ने १ हजार १ सय ८० वटा कुर्सी ल्याउन नसक्दा काम रोकिएको छ । निर्माण व्यवसायीले लामो समयदेखि काम छाडेपछि बनेका संरचना पनि ध्वस्त हुँदै गएका छन् । भवनका सिसा, टायल फुटाइएका छन् । बाथरुम, ट्वाइलेटहरू अस्तव्यस्त भएका छन् । 

\"\"

जिल्ला सदरमुकामको बहुउद्देश्यीय कवर्डहल निर्माणको काम अलपत्र हुँदा खेल क्षेत्र प्रभावित भएको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्की बताउँछन् । यस विषयमा नागरिकले बारम्बार प्रश्न उठाउने गरेको भए पनि आफूहरूसँग कुनै जवाफ नभएको उनको भनाइ छ । 

कवर्ड हल निर्माणको लागि अन्तिम पटक २०८० साल जेठ २७ गते  सम्मको लागि म्याद थप गरिएको थियो । अन्तिम पटकको लागि म्याद थप भएको झण्डै २ वर्ष हुन लाग्दा पनि काममा प्रगति भएको छैन ।