रहरै रहरमा सिईओद्वय अशोक शेरचन र ज्ञानेन्द्र ढुंगाना
काठमाडौै । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढेको छ । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति बनिसकेको छ । यो समितिले गभर्नरका लागि तीनजना व्यक्तिको नाम सिफारिश गर्नेछ । गभर्नरका लागि दौडमा लागेका दर्जनभन्दा बढी व्यक्तिहरुमध्ये यो समितिले अन्तिममा तीनजना सिफारिश गर्दा नै एकजना भने डेपुटी गभर्नरमध्येबाट हुनेछन् । एकजना डेपुटी गभर्नरबाट सिफारिश गर्नुपर्ने कानूनी व्यवस्था भएका कारणले तीनजनाध्ये दुुईजना बाहिरबाट पर्नेछन् ।
स्रोतहरुका अनुसार, अहिले दौडमा भने एक दर्जन रहेका छन् । कतिपयले अहिलेका गभर्नर महाप्रसाद अधिकारी नै दोहोरिने संभावना पनि रहेको बताउछन् । प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडासँग निकट रहेको उनी अर्थमन्त्री भएको बेलामा अधिकारी गभर्नर भएका थिए । उनीहरुको अर्थतन्त्रसम्बन्धी लाइन मिल्छ । अहिले पनि अर्थमन्त्री पौडेलमाथि खतिवडा नै हावी भएका कारणले अधिकारीको संभावना पनि रहेको बताइन्छ । त्यसो त नेपाल ग्रे लिष्ट परेकोले उनलाई नै जिम्मा दिएर लिस्टबाट बाहिर निकाल्नुपर्ने तर्क पनि भइरहेको छ ।
त्यसैले, अहिले अधिकारी पनि चर्चामा रहेका छन् । अधिकारीबाहेक डेपुटी गभर्नरबाट भने निलम ढुंगाना र वमबहादुर मिश्रले दौडधुप गरिरहेका छन् । पहिलो महिला गभर्नर हुने भन्दै ढुंगानाले सक्रियता बढाएकी छिन् । तर, नेपाल राष्ट्र बैंकभित्रकै कर्मचारीमा लामो समयदेखि अनावश्यक विवाद खडा गरेर मुद्दा मामिला गरेर संस्थालाई बद्नाम गरेको कारण विवादित ढुंगानालाई गभर्नर बनाउनु हुन्न भन्ने मत कर्मचारीहरुको रहेको बताइन्छ ।
प्रधानमन्त्री ओलीले महिलाहरुलाई प्राथमिता दिने गरेको र सभामुख, राष्ट्रपति मुख्यसचिवमा महिलालाई आफ्नै पहलमा बनाएको भन्ने गरेका कारण गभर्नरमा पनि ढुंगनाको संभावना रहेको एकथरीले चर्चा गरेका छन् । अर्कातिर, प्रभु बैंकलाई लामो समयदेखि प्रतिफलविहीन बनाएर रमाउँदै आएका देवी प्रकाश भट्टचनको आशीर्वाद प्राप्त सिईओ अशोक शेरचन, आफूले नेतृत्व गरेकाे एनबी बैंक नविलमा मर्ज गरेर असफल सावित भएका उद्योगी व्यवसाय विनोद चौधरीको आशीर्वाद प्राप्त सिईओ ज्ञानेन्द्र ढुंगाना र मारवाडी व्यवसायीका बिचौलियाका दीपक भट्टका दाजु सुशील भट्टको नाम पनि गभर्नर बन्न रहर गर्नेहरू भने। चर्चामा ल्याइएको छ । कतिपयले भने यस पटक गभर्नर नेपाली कांग्रेसकाे भागमा परेमा चर्चामा रहेको भन्दा पनि फरक, वित्तीय क्षेत्रकाे विज्ञ व्यक्ति आउने चर्चा पनि भइरहेको छ ।
विचौलिया दीपक भट्टले आफ्नो मान्छेलाई गभर्नर बनाउन लागेका कारणले केही पात्रलाई चर्चामा ल्याएर चर्चाभन्दा बाहिरको व्यक्तिलाई नियुक्त गराउने खेल भइरहेको पनि वित्त क्षेमा चर्चा छ । हुन पनि बीमा प्राधिकरण, सेबोनको नेतृत्व चयन गर्न हावी भएका ‘बा’ र ‘भाउजु’का प्रिय’भट्ट गभर्नरमा पनि आफू निकटको व्यक्ति नियुक्ति गरेर आर्थिक क्षेत्र कब्जा गर्न खोजिरहेका छन् । (साँघु साप्ताहिक, २०८१ चैत ४)
प्रतिकृया दिनुहोस