• मंगलबार-चैत-५-२०८१

राजतन्त्रको आन्दोलनमा बालेन–रवि  

 

काठमाडौं । नेपालमा राजतन्त्रवादीहरुले आन्दोलन चर्को बनाइरहेका छन् । निर्णायक आन्दोलनको तयारी भन्दै राजापक्षधरहरु सडकमा सक्रिय भएपछि राजनीतिक दलहरुप्रति निराशा  समाजले प्रकट गरिरहेको कारण बल भने पुुगेको छ । दलहरुले त्यसलाई  मध्यनजर  भने गरेको देखिएको छैन । राजापक्षलाई अहिले  भारतीयहरुको प्रभाव  आन्दोलनमा कति रहेको छ  ? भन्ने चासो भने बढेको छ । भारतले अहिलेको संविधानलाई नमानेको बेलामा राजतन्त्रवादीको  आन्दोलनलाई साथ  दिएर  संविधान फाल्न प्रयोग  गर्न सकिन्छ भन्ने  बुुझाइमा  भारतीय संस्थापन पक्षका केही नेता रहेको पनि बताइन्छ । यस कारण राजतन्त्रवादीहरुको आन्दोलनले कुन मोड  लिन्छ ? भन्ने चाहिँ अहिले प्रष्ट भएको छैन । 


 काठमाडौंमा भइरहेका चर्चा अनुसार भारतीय लाइन  नै अहिलको नेपालको आन्दोलनलाई कुन मोडमा दिने भन्ने अस्पष्ट रहेका कारणले आन्दोलनले गति लिन पनि सकेको छैन । भारतीय संस्थापन  अर्थात् भारतीय जनता पार्टी अहिलेसम्म तीनवटा लाइनमा देखिएको चर्चा छ । त्यो लाइनका कारणले गर्दा प्रमुख दलहरु पनि अस्पष्ट नै रहेको बताइन्छ । भारतीय राजनीतिलाई नजिकबाट हेर्नेहरुको भनाइमा चाहिँ भारत  राजासहित हिन्दु राज्य र  गणतान्त्रिक हिन्दु राज्य मात्रै भन्ने दुुईवटा लाइन बलियो रहेको छ । यही मुद्दामा प्रधानमन्त्री नरेन्द्र मोदी र  योगी आदित्यनाथवीच मतविभाजन रहेको बताइन्छ । योगी राजासहित हिन्दु राज्यको पक्षमा रहेको बताइन्छ भने मोदी हिन्दु गण(रिपब्लिकन)राज्यको पक्षमात्रै रहेको बताइन्छ । त्यसैले, पनि भाजसपाले नेपालको आन्दोलनलाई ठोस रुपमा साथ दिन नसकेको बताइन्छ । 


भारतीयहरुको अर्को एउटा पक्ष चाहिँ नेपालको परराष्ट र रक्षासम्बन्धी नीतिसमेत भारतको नियन्त्रणमा रहनेगरीको भुटानी मोडेलको राजतन्त्रको पक्षमा रहेको पनि चर्चा गरिन्छ । तर, यस विषयमा दलहरुले पनि गम्भीरतापूर्वक लिएको भने देखिएको छैन । 


भारतीय सञ्चार माध्यम र सामाजिक सञ्जालको व्यवस्थापनमा भने भाजपाको आरएसएस सक्रिय रहेको  बताइन्छ । तर, आश्चर्य  चाहिँ राजतन्त्रवादीको आन्दोलनको पक्षमा सामाजिक  सञ्जालामा देखिनेहरुमा अधिकांश बालेन र रवि लामिछाने निकटहरु रहेका छन् । त्यसलाई पनि राजनीतिमा  निकै  रोचक रुपमा हेरिएको छ । युवा पुस्ता जो वालेन र रविको पक्षमा थियो त्यही पंक्ति नै राजतन्त्रवादीको पक्षमा पनि उभिने गरेका कारणले पनि आन्दोलनलाई रोचक बनाइरहेको छ । (साँघु साप्ताहिक, २०८१ चैत ४)
 

प्रतिकृया दिनुहोस