🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिका र युक्रेनबीच साउदी अरेबियामा वार्ता सुरु

काठमाडौँ । साउदी अरेबियामा अमेरिका र युक्रेनबीचको वार्ता सुरु भएको छ ।

वार्तामा युक्रेनको तर्फबाट, राष्ट्रपति जेलेन्स्कीका मुख्य सल्लाहकार एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्री त्सिबिहा र रक्षामन्त्री रुस्तम उमरोभ सामेल छन् भने अमेरिकाको तर्फबाट, विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज रहेका छन् ।

येर्माकले अमेरिकासँग गरिने सहमतिमा आफूहरुले सुरक्षा ग्यारेण्टीको विषयलाई प्रमुखताका साथ उठाउने बताएको बिबिसीले उल्लेख गरेको छ । साथै रुससँग युद्धविराम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै अमेरिकाले युक्रेनको खनिजको विषयमा गर्न खोजेको सम्झौताको विषयमा पनि छलफल हुने बताइएको छ ।

यस अघि फेब्रअरी २८ मा ह्वाइटहाउसमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीचको तनावपूर्ण भेटवार्तापछि ब्रिगेको वातावरण यस वार्तापछि सुध्रिने अपेक्षा गरिएको छ ।