काठमाडौं, १५ माघ : सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेका २ हजार ८ सय ७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।
सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका क्रममा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षाकर्मीहरु माथि असमान व्यवहार गरेको भन्ने गुनासो आएपछि मन्त्रिपरिषद्को निर्णयले नै सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
शहीद घोषणा गरिएकाहरुमा सबैभन्दा धेरै नेपाल प्रहरीबाट १ हजार ४ सय ४८ जना रहेका छन् । त्यस्तै नेपाली सेनाबाट १ हजार १८ र सशस्त्र प्रहरीबाट ३ सय १८ हुँदा राष्ट्रिय अनुसन्धानबाट २३ जना शहीद घोषित भएका छन् ।



