काठमाडौं, १५ माघ : यस वर्षको 'अरनिको युवा कला पुरस्कार' २ युवा कलाकारलाई प्रदान गरिने भएको छ । सो पुरस्कार समुन्द्रमानसिंह श्रेष्ठ र सुन्दर लामालाई संयुक्त रुपमा प्रदान गरिने छ ।
नेपाली परम्परागत, आधुनिक एवं मौलिक चित्रकलाको क्षेत्रमा प्रशंसनीय योगदान दिए वापत कलाकारद्वयलाई रु ५० हजार राशीको पुरस्कार दिन लागिएको हो ।
साथै कोषद्वारा नै विसं २०४८ मा स्थापित यस वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कार’ युवा गायक, सङ्गीतकार तथा लेखक अजर जङ्गमलाई अर्पण गरिने भएको छ । (रासस)



