🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आफू अन्याय नगरौँ, आफूलाई अन्याय गर्नेको प्रतिकार गरौँ : सुनीता डङ्गोल

काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आफूले अरुलाई अन्याय गर्नु नहुने तर आफूमाथि अन्याय गर्नेलाई प्रतिकार गर्नुपर्ने बताएकी छन् । 

११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागले आयोजना गरेको महिला अधिकार र सशक्तीकरणको लागि भएका प्रयासहरु र सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो धारणा राखेकी हुन् । नारी डंगोलले नारीको शक्ति, सहनशीलता, क्षमता र धैर्यतालाई बुझ्न सके नारी सशक्तीकरणमा ठूलो योगदान हुने बताइन् । उनले आमाप्रति लोयल हुन सके अरुलाई पनि बुझ्न सकिने बताइन् । 

\"\"

पद ठूलो सानो होला तर नागरिकको अपेक्षा समान रहेको हुँदा सबै जनप्रतिनिधिले उत्तिकै काम गनुपर्ने डंगोलको भनाइ थियो ।  उनले नारी नारीकै निम्ति हुनुपर्छ भन्ने कुरा नारामा मात्र होइन, व्यवहारमा पनि कार्यान्वयन गर्नुपर्ने बताइन् । देश फरक भए पनि, नीति फरक भए पनि, भूगोल फरक भए पनि विश्वभर नै महिलाको अवस्था उस्तै रहेको डंगोलको भनाइ थियो । उनलेबरु अन्य देशमा भन्दा नेपालमा संविधानमा नै महिलाको भूमिका सुनिश्चित गरिएको बताइन् । 

काठमाडौँ महानगरपालिका सामाजिक विकास समितिका सदस्य एवं कार्यपालिका सदस्य महेश नेपाली समाजलाई समतामूलक समाज बनाउन सबैले आआफ्नो काम इमानदारी रुपमा गर्नुपर्ने बताए  । उनले अधिकार माग्ने मात्र होइन, आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्नेमा जोड दिए । 

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानका निर्देशक बिन्दा आचार्य, काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका विभागीय प्रमुख समीक्षा निरौला लगायतले आफ्नो धारणा राखेका थिए ।