🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उत्तराखण्डको हिमपहिरोमा चार जनाको मृत्यु, बेपत्ता पाँचजनाको खोजी जारी

काठमाडौँ । भारतको उत्तराखण्डको चमोलीमा हिमपहिरोमा फसेका मानिसहरूलाई उद्धार गर्ने कार्य तेस्रो दिन पनि जारी रहेको छ ।

उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि ५५ जना हिउँमा फसेका थिए । जसमा ५० जनालाई बाहिर निकालिएको छ, जसमा चार जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अझै बेपत्ता रहेका पाँच जनाको उद्धार गर्न खोजी अभियान चलाइएको छ, जसको नेतृत्व सेनाको ब्रिगेडले गरिरहेको बताइएको छ । सेनाले अझै पनि बेपत्ता पाँच जनालाई खोज्न अभियान चलाइरहेका छन् । उद्धार कार्यको अनुगमन गर्न वरिष्ठ सेना अधिकारीहरू दुर्घटना स्थलमा पुगेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार बाँकी कामदारहरू पत्ता लगाउन थर्मल इमेज क्यामेराहरू प्रयोग गरिएको छ ।