🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘रेशम फिलिली’ हलमा लाग्यो कि भूकम्प आइहाल्ने !

काठमाडौं, १६ फागुन । शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोककोे भोटेकोशी गाउँपालिका भैरभकुण्ड केन्द्रविन्दु भई ६.१ रेक्टर स्केलको भूकम्प गयो । मस्त निद्रामा रहेका मानिसहरू सबै बाहिर निस्के । कोही कराउन थाले । तर भूकम्पको झड्का ठूलो भए पनि क्षति भने त्यति हुन पाएन ।

बिहानदेखि सामाजिक सञ्जालमा भूकम्पबारे चर्चा परिचर्चा सुरु नै थियो । यसैक्रममा हास्यकलाकार केदारप्रसाद घिमिरे माग्नेबुढाले सामाजिक सञ्जालमा लेखे, ‘रेशम फिलिली’ भुइँचालोको सम्बन्ध के हो ?’  हुन पनि ‘रेशम फिलिली’ र भूकम्पको अनौठो सम्बन्ध देखिएको छ । २०७२ वैशाख ११ गते प्रदर्शनमा आएको चलचित्र थियो, ‘रेशम फिलिली’ । 

‘जालमा’ गीतको लोकप्रियताका कारण चलचित्रले उत्साहजनक ओपनिङ गर्‍यो । तर, रिलिजको दोस्रो दिन अर्थात् वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गएपछि चलचित्र चल्नै पाएन । नौ वर्षपछि यसको सिक्वेल ‘फेरि रेशम फिलिली’ यतिबेला हलहरुमा प्रदर्शनरत छ । यसपटक पनि चलचित्र रिलिज र भूकम्पको संयोग जुरेको छ ।

‘रेशम फिलिली’ र भूकम्पको सम्बन्धलाई लिएर यतिबेला सामाजिक सञ्जाल नै भरिएको छ । ट्रोल पनि उत्तिकै बनेका छन् । यसले चलचित्रप्रति दर्शकको चासो बढाएको छ । महाशिवरात्रिको दिनबाट प्रदर्शनमा आएको ‘फेरि रेशम फिलिली’ ले औसत व्यापार गरिरहेको बताइएको छ । 

नेपालीहरुको अमेरिका मोहको कथामा बनेको चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह, लक्ष्मी गिरी, महेश त्रिपाठी, प्रकाश घिमिरे, रविन्द्र झालगायतको अभिनय रहेको छ । निरोज महर्जनको निर्देशनमा तयार भएको चलचित्र लाई रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् ।