हरिराम रिमाल नेपालका सक्रिय आईटी व्यवसायी हुन् । विश्वभर सूचना प्रविधि एवम आईटी क्षेत्रले अर्थतन्त्रमा उच्च भूमिका निर्वाह गरिरहेको सन्दर्भमा रिमालले पनि नेपालमा केही गर्ने उद्देश्यले देशभर संजाल विस्तार गरिरहेका छन् ।
हरेक निकाय एवम् क्षेत्र आईटीमैत्री बन्दै गइरहेका बेला रिमालले विकटेक अफिस सिस्टम नामक आईटी कम्पनी स्थापना गरेर नेपालका दूरदराजलाई आईटीमा जोड्ने प्रयास गरिरहेका छन् । पछिल्लो समय विकसित भएको आर्टिफिशियल इंटेलिजेन्स(एआई)र आईटीका अन्य क्षेत्रमा भइरहेको गतिविधिबारे गरिएको कुराकानी ।
धेरै नेपालीहरु एआईबारे अनभिज्ञ नै छन् । वास्तवमा एआई भनेको के हो, यसले कसरी काम गर्छ ?
– एआईको सिम्बोलिक नामभित्र नै यसको परिभाषा लुकेको छ । आर्टिफिसियल इन्टिलिजेन्ट भन्ने शब्दबाटै यसको परिभाषा स्पष्ट हुन्छ । पहिला पहिला मान्छेहरुलाई साधनहरुले सघाउँदै आयो, कामलाई सहजता बनाउँदै ल्यायो । तर त्यो ब्रेनको तहमा छिरेको थिएन ।
ब्रेनले गर्दा मान्छेलाई चाहिँ साधन भन्दा अब्बल बनाइरहेको थियो । जतिपनि स्रोत र साधनको विकास हुँदै गएपनि, टेक्नोलोजीको डेभलप भएपनि मान्छेको ब्रेन नै कन्ट्रोल गर्नको लागि सक्षम थिएनन् कि जस्तो लाग्छ । अहिले एआई भन्ने आएपछि मान्छेले ब्रेनले गर्ने काम पनि एआईले गर्न थाल्यो । मान्छेको ब्रेनले गर्ने चिन्तन, बिश्लेषण, सूचनाहरुको भण्डारण गर्ने काम एआईले गर्ने भयो । जसलाई हामी यान्त्रिक मस्तिष्क पनि भन्छौं ।
एआई अर्थात कृतिम बौद्धिकता र मानव बौद्धिकतामा के फरक छ ?
– पछिल्लो समय न्यूरो साइन्समा जति अध्ययन, अनुसन्धान भइरहेको छ त्यसमा मान्छेको ब्रेनमा चाहिँ ८६ अर्ब एउटा न्युरोनहरु हुन्छ जसले लटअफ सूचनाहरु २६ लाख टेराबाइट्स सूचनाहरु संग्रह गर्ने क्षमता मानिसको ब्रेनमा रहेको न्युरोनहरुले राख्छ । त्यो न्युरोनहरुको सव–पार्टिकल न्यूरोनहरु फेरी ८६ ईन्टु एक हजार त्यति धेरै एउटा क्याल्कुलेटर अंकमा पनि नअटाउने स्टोरेज क्यापासिटी चाहिँ मान्छेको ब्रेनमा छ । यत्रो टेक्नोलोजीको डेभलप भइसक्दा न्यूरो साइन्टिस्टहरुले मुस्किलले २५ प्रतिशत जति मात्रै ब्रेनको बारेमा जानेको छौं होला अर्थात रिर्सच गर्यौं होला ।
मान्छेको ब्रेनको रेन्डम स्टकचर छ । जसले काम गर्ने प्रोसेसमा चाहिँ अब यान्त्रिक अर्थात कृतिम साधनले मानिसको बे्रनको जसरी काम गर्न सक्छ । यसमा फरक के छ भने मान्छेको ब्रेनको लिमिटेसन छ । कृतिम बौद्धिकताको एरिया अर्थात दायरा ठूलो छ । सूचना संग्रह गर्ने क्षेत्र ठूलो छ । जति धेरै सूचनाहरु पायो त्यसले त्यति धेरै एक्यूरेसी बढ्दै जान्छ ।
मान्छेको ब्रेनको आफ्नो सिमितता छ । जुनबेला मानिसले साधन प्रयोग गर्दैन थियो त्यो समय बिहान उठेर पूर्वतिर हेर्नुभयो भने, घाम उदाइरहेको हुन्छ । बेलुका चाहिँ त्यो घाम पश्चिमतिर अस्ताउँछ । अब यसमा मान्छेको ब्रेनको क्यापासिटी के हो भने पृथ्वी घुम्छ भन्छन् तर मान्छेले त देख्दैन । फिल पनि गर्दैन् । तर हामीलाई फिल के हुन्छ भने सूर्य नै घुमिरहेको छ जस्तो हुन्छ ।
ब्रेनको सिमितता त्यो हो । तर अब पछि साधन र टुल्सहरु प्रयोग गर्दै हेर्दा त्यस्तो देखिएन, पृथ्वी घुमिरहेको देखियो, सूर्य चाहिँ केन्द्रमा भएको देखियो । यो उदाहरणले पनि थाहा हुन्छ की मान्छेको ब्रेनको सिमितता । यस्ता खालको घटनालाई चाहिँ एआईले एक्जेक्टतर्फ लिएर जान्छ । यसमा एआई र मानिसको बौद्धिकतामा फरक छ ।
एआईले मिडिया सेक्टरमा कस्तो भूमिका खेल्छ , सकरात्मक या नकारात्मक ?
– सुरुवाती कालमा भएको हुनाले भर्खर जन्मेको बच्चा चकचक गर्छ भनेको जस्तो एआईले पनि गरिहरकेकै छ । एआई शिशु अवस्थामा भएकाले चकचके छ र धेरैतिर त्रास फैलाइरहेको छ । त्रासको सबैभन्दा ठूलो केन्द्र नै मिडिया हो जस्तो लाग्छ ।
किनभने टेक्नोलोजीको डेभलप हुनु अगाडि मिडिया यति धेरै बलियो थियो अब यसमा एआईका अल्गोरिद्धमहरु मिसिदा चाहिँ मिडिया अस्तित्वमाथि नै प्रश्न चिन्ह् उठिरहेका छन् । डिजिटलराइजेसनमा जाँदखेरि नै मिडियाको औचित्य समाप्त भइसकेको थियो फ्रन्ट लाइन मिडियाहरुको ।
अब एआईसम्म आइपुग्दा चाहिँ अब मिडियाको दायरा एकदमै साँघुरो हुँदै गइरहेको छ । तर सामाजिक सञ्जालहरुको र पछिल्लो समय टेक्नोलोलीमा भएको डेभलपमेन्टले पनि एउटा मिडियाको स्पेस जो हुन्छ, रिर्सच गर्ने, कुनै विषयवस्तुमा सबै एंगलबाट धारणाहरु बनाउने मिडिया स्पेसको काम चाहिँ एआईमा बाँकी नै छ । मिडियाहरुले एआईको एउटा कुरामा डराउनुपर्दैन त्यो चाहिँ यही हो ।
एआईले फेक समाचारहरु बनाउँछ, तर फेक हो कि सहि हो त्यो कुरा पनि एआईको मेकानिजममै आउँछ । प्रत्येक मान्छेको हातमा मोबाइल छ, प्रत्येक मान्छेले भिडियो खिच्न सक्छ, समाचार लेख्नको लागि च्याटजिपीटीलाई भन्न सक्छ, यस्तो खालको समाचार बनाईदेऊ भन्नसक्छ । त्यसैले यस्तो समयमा मिडियाको औचित्य चाहिँ समाजलाई पारदर्शी बनाउने, राज्यको चौथो अंगका साथै वाचडकको भूमिका निर्वाह गर्ने हो । अब प्रत्येक जनताले मोबाइल हात हातमा लिएर, मल्टिमिडिया लिएर राज्यको वाच डक भएर बसिरहेका छन् ।
सानो घटना घटे अहिले फ्रन्ट लाइन मिडिया भन्दा पहिले टिकटकमा आइसकेको हुन्छ । त्यसैले मिडियाले जे काम गरिरहेको थियो त्यसमा एआई बढ्दै जाने भएकाले मिडियामाथि र मिडियाको स्पेसलाई खुम्च्याउँदै लानसक्छ । औचित्य पूरै समाप्त चाहिँ गर्दैन ।
एआईको इतिहास र विकास कस्तो थियो ?
– सन् १९४० तिर एआईको फस्ट कन्सेप्टमा आएको थियो । तर त्यो मान्छेको तहमा थिएन । त्यसलाई एउटा इतिहासको रुपमा मात्रै हेर्ने हो । इन्टरनेट सञ्जालको पब्लिक भएपछि १९७० को दशकमा अप्टिकल फाइबरको जालोहरु जनतामाझ सार्वजनिक भयो । कम्प्युटरजन्य डिभाइसहरु विकास जब भयो तब त्यसमा आएका अवरोधहरुलाई चिर्दै जे जे कुराहरु आवश्यक पर्छ त्यो कुराहरुको विकास गर्दै १९८० को दशकमा सबै इन्डष्ट्रिहरुको विकास हुँदै गयो र एआई पनि तीनवटा चरणमा विकास हुँदै गयो ।
एउटा सुरुवाती विकासक्रम जो १९४० देखि १९९० सम्म । त्यसपछि १९९० बाट २०१० सम्म यसलाई डाटा भण्डारण स्टोरेज अर्थात ओपन सोर्सहरुको एकदमै विकास भयो । फेसबुक यही समयमा आयो, ट्विट्र अर्थात एक्स पनि यही समयमा विकास भयो । टिकटक पनि यही समयमा आएको छ । युट्युब पनि यही समयमा आएको थियो । गुगलहरुको विभिन्न प्रडक्टहरु यही समयमा विकास भएका थिए । तेस्रो चरण भनेको २०१५ पछाडि अहिलेसम्मलाई लियौं भने चाहिँ यसमा विशेषगरी स्टोरेज भएका डेटाहरुलाई आफू अनुकुलका परिणामहरु निकाल्ने रिर्सचहरुको काम भएको छ । च्याटजिपीटी जस्ता थुप्रै विविध क्षेत्रहरुमा एआईका अल्गोरिद्धमहरु चाहिँ आइरहेका छन् । जसले एआईका अल्गोरिद्धमहरुलाई एडभ गर्न सक्दैंन ।
त्यो प्रोडक्ट चाहिँ धेरै समय सप्लाई गर्ने स्थितिमा रहँदैनन् । कुनै समय नोकिया पनि सबैको हात हातमा थियो तर अहिले नोकिया खोज्नको लागि धेरै नै संघर्ष गर्नुपर्छ । यस्ता ट्रेनहरु आउँदै गर्दा यो तीनवटा विकासक्रमको रुपमा तीनवटा क्षणहरुलाई अब उपलब्ध भएका डेटाहरुलाई टेक्निकल भाषामा मेसिन लर्निङ अर्थात आफू अनुरुपको परिणाम निकाल्नका लागि ट्रेन गर्ने र च्याटजिपीटि, ओपन एआई र डिपसिक जस्ता प्रोडक्टहरुको चाहिँ तेस्रो चरणको विकासक्रम मान्न सकिन्छ ।
यसको त्रास बेलायतमा सुरुवात हुन्छ । र सिङ्गो युरोपभरी फैलिन्छ । त्यो बोलामा पनि काम गरिरहेका हजारौं मजदुरहरु स्टिम इन्जिनले अनोमेसनको माध्यमबाट खोसेको थियो । कति केसहरु त मजदुरहरुले मेरो रोजगार खोस्यो भनेर मेसिनहरुमाथि नै आक्रमण गर्ने पनि भेटेका छौं । त्यस्तो इतिहास पनि हामीले पढ्न पाउँछौं ।
सबै काम एआईले गरे मानिसहरुको रोजगारी खोसिदिने, मानिसलाई काम गर्ने खतरा कतिको छ ?
– एआई पनि अहिले सुरुवाती कालमा शिशु अवस्थामा छ । यसले मानिसहरुमा त्रास छरेको छ । कतिपय ठूल ठूला लेखकहरु वा विद्वानहरुले किताब लेख्ने क्रममा एआईमाथि किताबहरु लेखिराखेका छन् । एआईले मान्छेलाई ओभरट्याक गरेर अगाडि जाने र मान्छेलाई नै सिध्याउने भन्ने चाहिँ हुँदैन् । मान्छेको रोजगारी खोस्ने भन्ने दिन पनि आउँदैन । मान्छेलाई एआईले स्वतन्त्र श्रमतर्फ लिएर जान्छ भन्ने छ मेरो बुझाइ । अहिलेसम्मको मेरो अध्ययनले र सँगसँगै प्रयोग गरिरहेकाले कामको लागि स्वतन्त्र बनाउँछ जस्तो लाग्छ । म कला, साहित्य मन पराउने मान्छे तर मैंले आइटी क्षेत्र व्यवसायिक रुपमा रोज्नुपर्यो । आईटी सेक्टरमा बिजनेस गर्न पाउनु मेरो सौभाग्य हो । तर विडम्बना चाहिँ के हो भने मेरो सपनाहरुको हत्या भइराखेको छ । तिनीहरु पछाडि परेको छ । कुरा यति चाहिँ हो मान्छेको श्रम खोस्ने काम एआईले गर्दैन् ।
एआईबाट हामीले कसरी लाभ लिन सक्छौं ?
– आजभोली टिकटकले लाभका बारे प्रष्ट पारिरहेको छ । म कतै बाहिर जाँदै छु भने लोकल खाना पाउने ठाउँ कहाँ छ भनेर हेर्छु । त्यो लोकल खानेकुरा पाउने ठाउँको पनि विज्ञापन हुन्छ । त्यही पेसा सिमित मात्र हुन सक्थ्यो तर एआईले गर्दा पनि टेक्नोलोजीले त्यसको प्रचार गरेर व्यवसायमा मद्दत पुग्छ ।
तपाईं लुकी लुकी गीत गाउनुहुन्थ्यो भने एआईले तपाईंको प्रतिभालाई सबैसामु लिएर जान्छ । त्यसलाई मूल्यवान बनाउने गर्छ । अनलाइनको माध्यमबाट लुकेका प्रतिभा बाहिर आउँछन् । त्यसलाई एआईले एकदमै धेरै मद्दत गर्छ । त्यसरी मानिस रुचिको क्षेत्रमा जानको लागि सकिरहेको हुँदैन् । तर एआईले रुचीको क्षेत्रमा लिएर जान्छ । र त्यसरी नै ध्रुविकृत हुँदै जान्छ जस्तो लाग्छ ।
एआईले गर्ने डाटा सुरक्षाका चुनौतीहरु के-के छन् ?
– डाटा सुरक्षा धेरै चाहिँ राज्य वा सरकारले जिम्मा लिने कुरा भयो । किनकी डाटाको व्यवसाय पनि हुने भण्डारण पनि हुने भएकाले नेपालमा पनि त्यस्तो कम्पनीहरु स्थापना भएका छन् । हामी आफैँले पनि यसमा भविष्य छ भनेर अध्ययन गरिराखेका छौं । त्यो चाहिँ निश्चित अवधिमा हुने भएको हुनाले डाटाको सुरक्षाको लागि कुलेनमा वार भयो ।
निश्चित डेटा सेन्टरहरु त्यो वारबाट ध्वस्त भए । मूल्यवान चीजहरु गुमे । समुद्र मुनी डाटा सेन्टरहरु विकास गरिराखेको कम्पनीहरु पनि छन् । समुद्रमुनी भएकाले त्यो चाहिँअलि सुरक्षित हुने भयो । र कुलिङको लागि बन्ने जुन शक्ति हुन्छ त्यो पनि अलिकति सस्तो मूल्यमा बन्छ । त्यो खालको विकासहरु भइरहेको छ । स्पेसको माध्यमबाट डेटाहरु मंगलग्रह चन्द्रमा मा अथवा कतै डेटा सेन्टर बनाउन सकिन्छ कि भनेर अध्ययन गरिरहेको पनि छ ।
नेपालको अर्थतन्त्र कमजोर छ अब यति सानो बजेटमा कसरी एआईको प्रयोग सम्भव छ ?
– एआईको विश्वव्यापी सञ्जाल जति ठुलो भयो त्यती नै यसका एक्युरीसी बढ्ने भएकाले नेपाल सरकारले चायो भने चै आफैँले इन्भेस्ट गर्नुपर्छ जस्तो मलाई लाग्दैन । नेपाल सरकारले निष्पक्ष भएर संयुक्त अन्तर्राष्ट्रिय अन्तरगतको युनेस्को भन्ने संस्था छ । युनेस्को एआई सम्बन्धि एउटा पोलिसी छ । अन्तर्राष्ट्रिय डोमेनहरुलाई फलो गरेर एआईको सरकारले प्रयोग गर्न सक्छ भन्ने छ । धेरै डोमेनहरु पनि छैन ।
पारदर्शिता डेमोक्रेसिका अन्तर्राष्ट्रिय मान्यताहरु, मानव अधिकारका कुराहरु छन्, समावेशीका कुराहरु छन् । यस्ता चार पाँचवटा कुराहरु युनेस्कोले अंकित गरेको छ । त्यसलाई फलो गर्यो भने नेपाल सरकारले एआईमा गर्ने लगानी पर्याप्त पाइछ इन्टरनेशनल ग्रान्डहरु अझै पाउछ । युनेस्कोको नेपाल पनि एउटा हस्ताक्षरकर्ता हो । नेपाल छँदै छ भने त्यसलाई फलो नगर्ने किन ? फलो गर्दा सक्ने कम्पनीहरुले, राष्ट्रहरुले हामी जस्ता अल्पविकसित मुलुकहरुलाई सहयोग गरेर एआईको प्रयोगलाई अगाडी लिएर जानलाई सहयोग गर्छन । यो आर्थिक समस्या चैं हुँदैन ।
एआईको मुख्य चुनौतीहरुसँगै लाभहरु के-के छन् ?
– नेपाल जस्तो देशको चुनौती भनेको आईटी क्षेत्रमा चाहिँ नीजि क्षेत्र पनि परिपक्व छैनन् । ठूला लगानीकर्ता पनि आइसकेका छैनन् । सरकारले पोलिसी पनि एक्ज्याक्ट नभएकाले जसले काम गरिरहेका छन् । उहाँहरु पनि लुकिछिपी काम गर्नुपर्ने अवस्था छ ।
यही २०२५ मा नै नेपालको फस्ट इन्डस्ट्री आइटी क्षेत्र क्षेत्र हुनेमा चाहिँ कसैले रोक्दैन । एक खर्वभन्दा माथिको आईटी उद्योग भइसकेको छ । लुकिछिपी भएपनि भइरहेको छ । कृषि, पर्यटन भन्दा पनि आईटी क्षेत्रले उछिनिसकेको छ । चुनौतीमा चाहिँ गोपनियताका कुराहरु र नेपाल सानो मुलुक भएपनि यहाँ धेरै जातीय विविधता छ ।
भाषिक विविधता छ । लैङगिक असमानता छ । महिला र पुरुषको सांस्कृतिक विविधताको समाज छ । यस्ता विषयहरुलाई एआईमा समावेश गर्न हामीलाई चुनौति हुन्छ । अर्कौ चुनौति भनेको नेपाल सरकारले डेटामा बनाएका पोलिसीहरु कार्यन्वयन हुन्छ ।
डेटा वाहेकका पोलिसीहरु कार्यन्वयन हुँदैन । नेपालको डेटा नेपाल सरकारसँग भन्दा अरु बाहिरका ठुला कम्पनीहरुसँग नेपाल र नेपालीहरुको डेटा छ । त्यसलाई पोलिसी बनाउने बेला नेपालले उ गर्न सक्छ । लाभ चै विविध क्षेत्रमा, निजी क्षेत्रमा एआईहरु प्रयोग गरेर मुख्य लागत मुल्य घटाउन सक्छौँ । धेरै स्टाफहरुले काम गरिरहेको ठाउँमा थोरै स्टाफहरुले म्यानेज गर्न सकिन्छ ।
थोरै कस्टमा काम गर्न सकिन्छ । कम खर्चमा अपरेसन खर्चहरु आउन सक्छ । अर्का स्वास्थ्य क्षेत्रमा नेपालमा २०४६ सालको परिवर्तन पछि सबैभन्दा धेरै विकास भएको क्षेत्रमध्य स्वास्थ्य क्षेत्रमा पनि एक हो । किन भने त्यतिबेला हाम्रो प्रतिव्यक्ति आयु एकदमै कम थियो । अहिले प्रतिव्यक्ति आयु बढिरहेको छ । यो स्वास्थ्य क्षेत्रमा भएको प्रोग्रेसको कारण हो ।
एआईलाई राम्रोसँग प्रयोग गर्योभने यसको बारेमा छुट्टाछुटै बस्नुपर्छ । स्वास्थ्य क्षेत्रमा हामी के के गर्न सक्छौँ के के गर्नुपर्छ भनेर हामीले अध्ययन गर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा एआईको प्रयोगले दुई तीन वर्ष भित्रमा प्रतिव्यक्ति आयु ८० वर्षको हाराहारीमा पुर्याउन सक्छौँ । हाम्रोमा वातावरणको कुरा पनि आइरहेको छ । मौसम परिवर्तन, हिमाल पग्लिने कुराहरु यस्ता कुराहरुलाई एआईका टुल्सहरु प्रयोग गरेर यसको रेसलाई घटाउन सक्छौँ ।
त्यसैगरी कृर्षिमा माल्थसले भने जस्तो दिन किन आएन भने टेक्नोलोजिको प्रयोगले साविक भन्दा तीन गुना भयो त्यसैगरी एआईको प्रयोगले कृषि उत्पादन गर्न सक्छ । अर्को कृषि उत्पादन बढाउनका साथै गाउमा बुवाले १० रुपैयाँमा बेचेको काउली माठमाडौंमा ११० रुपैयामा किनेर खानुपर्छ । त्यो बिचको ग्यापलाई पनि घटाइदिन सक्छ । त्यो ठाउमा पनि एआईले काम गर्न सक्छ ।
सबै सेक्टरहरुमा हाम्रो जिडिपीमा योग्दान गर्ने सबै क्षेत्रहरुमा चै एआईको अधिकतम प्रयोग गर्यो भने उत्पादन बढाउनुपर्ने ठाउँमा उत्पादन बढाउने र नास भैरहेको क्षेत्रमा हामीले कन्ट्रोल गर्न सक्छौ । त्यसको लागि चै हामीले काम गर्नुपर्छ । यसको हानी भन्दा लाभ धेरै भएको कारणले यो विश्व व्यापी भएर आएको हो ।
कुनैपनि चिज लाभ भन्दा हानी धेरै भयो भने त्यो विकसीत हुदैन । जस्तो हामी कोरोना माहामारी व्यहोर्नुपर्यो । त्यसमा हानी व्यापक धेरै थियो । त्यसलाई हामीले कन्ट्रोल गर्यौ । यसको नकरात्मक पक्षहरु थोरै छ र सकरात्मक पक्षहरु धेरै र लाभ धेरै हुने भएकाले एआईलाई सही रुपमा सदुपयोग गर्नुपर्छ ।



