🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बस दुर्घटनामा १ को मृत्यु, २० भन्दा बढी घाइते

लहान, ११ माघ : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ ने २० भन्दा बढी घाइते भएका छन् । 

राजविराजबाट जनकपुरतर्प हिँडेको ना ५ ख २५८८ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा पर्सा गढीमाई नगरपालिका-४ निवासी ३५ वर्षीय दीपराज यादवको मृत्यु भएको प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । तीव्र गतिका कारण बसको स्टिरिङले काम नगरेपछि बस दुर्घटना भएको बसमा सवार एक यात्रुले बताए ।

घाइतेहरुको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै गम्भीर घाइते भएका एकलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । (रासस)