🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त

काठमाडौं । नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन् । लामो समय राष्ट्रिय तथा अन्तराष्ट्रिय स्काउटको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका घिमिरेलाई युवा तथा खेलकुदमन्त्री एवम् प्रमुख स्काउट तेजुलाल चौधरीले प्रमुख आक्युत नियुक्त गरेका हुन् ।

मन्त्री चौधरीले निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रंजितलाई हटाउँदै घिमिरेलााई प्रमुख आयुक्त बनाएका हुन् । रंजितमाथि विभिन्न विवाद सिर्जना गरेको गैरकानूनी रूपमा नियुक्ति लिएर संस्था बिगारेको आरोप थियो ।

यस्तै, राष्ट्रिय सतर्कता केन्द्रले पनि रंजितको नियुक्ति कानुन सम्मत नभएको भन्दै उनको नियुक्ति बदर गर्दै नयाँ व्यक्ति नियुक्त गर्न मन्त्री चौधरीलाई निर्देशन दिएको थियो । सोही निर्देशन पश्चात मन्त्री चौधरीले मन्त्रीस्तरीय निर्णयबाट घिमिरेलाई नयाँ प्रमुख आयुक्त नियुक्त गरेका हुन् ।

घिमिरेसँगै मन्त्री चौधरी अन्य सात जानालाई राष्ट्रिय कार्यकारी समितिमा नियुक्त गरेका छन् । नियुक्त हुनेमा इन्दु सुबेदी, कमलबहादुर देउजा, भुवन सुब्बा, सन्तोषकुमार थापा, स्मृति बराल, जहरसिंह थापा र सुस्मिता श्रेष्ठ छन् ।

यो नियुक्तिसँगै पछिल्लो समय नेपाल स्काउटमा बड़ेको विवाद र उत्पन्न समस्या समाधान हुनेमा विश्वास गरिएको छ ।