🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड

मुम्बई, ४  फागुन । आलिया भट्टले आफ्नो दमदार अभिनय र आफ्नै बलमा सुपरहिट फिल्म बनाएर आफूलाई हिन्दी सिनेमाको शीर्ष अभिनेत्रीको सूचीमा राखेकी छिन् । 

बिबाह पछि पनि आलिया अहिले निर्देशकको पहिलो रोजाइ बनिरहेकी छिन् र निर्देशकले पनि उनलाई आँखा चिम्लिएर झन विश्वास गर्न थालेका छन् । जसका कारण आलिया चाँडै नै ठूला फिल्ममा एक्लै देखिदैँ पनि छिन् । 

यसैबीच, आलिया भट्टको जादूले फेरि एकपटक विश्वव्यापी स्तरमा काम भएको छ । आलिया भट्ट विश्वभर इन्स्टाग्राममा सबैभन्दा प्रभावशाली सिनेमा र अभिनेताको रूपमा दोस्रो स्थानमा आउन सफल भएकी छिन्। प्रभावकारी मार्केटिङ प्लेटफर्म हाइप अडिटरको रिपोर्ट अनुसार आलियाले ड्वेन जोन्सन र अमेरिकी गायक जेनिफर लोपेजजस्ता अन्तर्राष्ट्रिय आइकनहरूलाई पछाडि छोडेर मनोरञ्जन उद्योगमा आफ्नो स्थानलाई बलियो बनाएकी हुन् ।

बलियो प्रशंसक फलोइङको साथ आलियाले आफ्नो शक्तिशाली प्रदर्शन, ब्रान्ड सहयोग र सोशल मिडिया उपस्थितिमार्फत दर्शकहरूलाई व्यस्त राखेकी छिन् । फिल्म बाहेक उनको प्रभाव अन्य क्षेत्रमा पनि छ, जसमा फेसन र डिजिटल संलग्नता पनि समावेश रहेको छ ।

रिपोर्टका अनुसार जेन्डाया यस लिस्टमा पहिलो नम्बरमा छिन् र उनको पछाडि आलिया भट्टको नाम रहेको छ । जससँगै आलिया यो सूचीमा दोस्रो स्थान बनाउन सक्ने पहिलो भारतीय सेलिब्रेटी बनेकी छिन् । आलियाको इन्स्टाग्राममा ८५ मिलियन भन्दा बढी फलोअर्स छन् ।

आलिया सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । आलियाले ब्रान्ड प्रमोशन देखि लिएर आफ्नो व्यक्तिगत जीवनको जानकारी सामाजिक सञ्जालमा आफ्ना फ्यानसँग सेयर गर्छिन् ।

आलिया भट्टले गंगुबाई काठियावाडी, रकी और रानी की प्रेम कहानी, राजी र आरआरआरजस्ता फिल्महरूबाट मानिसहरूलाई धेरै प्रभावित गरिरहेकी छिन् । अब आलियासँग आगामी समयमा धेरै ठूला प्रोजेक्टहरू रहेका छन् ।

आलिया सञ्जय लीला भन्सालीको फिल्म ‘लभ एन्ड वार’ मा पनि श्रीमान् रणवीर कपूरसँग देखिदैँ छिन् । जहाँ आलिया साउथका निर्देशक नाग अश्विनसँगको अर्को फिल्मको बारेमा कुरा गरिरहेकी छिन् तर टुंगिन भने बाँकी रहेको छ ।