🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री ओलीलाई कोरियाको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय मञ्चका अध्यक्ष डा.चाल्र्स एस याङले विहीबार शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा अध्यक्ष याङले आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा हुने शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिएका छन् । 

\"\"

सुनहक शान्ति पुरस्कार फाउण्डेसनका अध्यक्षसमेत रहेका याङले नेपाल र कोरियबीचको कूटनीतिक सम्बन्ध भएको ५० औँ वर्षगाँठका अवसरमा उक्त सम्मेलनमा विशेष अतिथिका रुपमा उपस्थित भइ सम्बोधनसमेतका लागि आग्रह गरेका छन् । 

साथै उनले दुई कोरियाबीचको शान्तिपूर्ण पुनःमिलनका लागि पनि भूमिका खेलिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।  भेटका अवसरमा नेपाल परिवार दलका अध्यक्ष एवं सङ्घीय सांसद एकनाथ ढकालसमेत सहभागी थिए ।