🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली कांग्रेसभित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ?

नेपालको राजनीतिक परिदृश्य अहिले एक जटिल मोडमा पुगेको छ । यहाँका संस्थागत प्रतिरोध, पार्टीभित्रका विभाजन, बाह्य प्रभावहरू र बदलिँदो सत्ता समीकरणहरूले सत्तारुढ गठबन्धनभित्र तनावको वातावरण सिर्जना गरेका छन् । नेपाली कांग्रेस भित्रको आन्तरिक प्रतिष्पर्धा, सुरक्षा निकायहरूमा असन्तुष्टि र सञ्चारमाध्यमहरूमाथि नियमनको प्रयासले देशको लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्न सक्ने संकेत दिएका छन् ।

 प्रशासनिक निकाय र सुरक्षा संस्था

सुरुवात गरौं, प्रशासनिक निकाय र सुरक्षा संस्थाहरूको अवस्थासँग । प्रस्तावित प्रहरी विधेयकलाई लिएर प्रहरी प्रशासन भित्र असन्तुष्टि फैलिएको छ । यस असन्तुष्टिको यदि विरोध बढ्छ भने, यसको असर कानुन कार्यान्वयन र शासनमा कस्तो पर्न सक्छ ? अर्कोतर्फ, सरकार र न्यायपालिकाबीचको बढ्दो तनावले गहिरो शासन चुनौतीको संकेत दिन सक्छ । नेपाली कांग्रेस भित्रको विभाजनले तत्काल अस्थिरता नल्याए पनि, साना अन्तरविरोधहरूले भविष्यमा शक्ति सन्तुलनमा परिवर्तन ल्याउन सक्छ ।

। यस्ता रणनीतिहरू नेपालका क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा, विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) जस्ता परियोजनाहरूसँगको सम्पर्कले के प्रभाव पार्न सक्छ भन्ने प्रश्न उनले अब आजीवन मेटाउन सक्ने छैनन् । भारतलाई संभवत मन्दिरको सन्त पुजारी भन्दा उसको सुरक्षा स्वार्थ ठुलो छ उ भन्छ ‘भारत माता कि जय !’

नेपालको पश्चिमी र दक्षिणी क्षेत्रमा सरकारको विपक्षी धारणा अझ बलियो देखिन्छ । यसले परम्परागत राजनीतिक विभाजनलाई पुष्टि गर्दछ । थप रूपमा, सामाजिक सञ्जाल नियमनसम्बन्धी प्रस्तावित नीतिहरूको विरोधले सञ्चारमाध्यमहरूलाई सरकारविरुद्ध एकताबद्ध गर्न सक्छ, यसले सरकारका लागि रणनीतिक व्यवस्थापनको आवश्यकता पनि जन्माउँछ । नियन्त्रण नियमन कानून निर्माणमा गगन थापा सचिवालयको सक्रियताले गगन थापा माथिको समाचार संकलनकर्ताको अपार समर्थनको नैतिक धरातल भत्किने संभावना पनि छ ।

अब आइपुगौं नेपाली कांग्रेसको नेतृत्वको संघर्षमा । महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसको अध्यक्षका रूपमा उदाउने अड्कलबाजीहरूले पार्टीमा नयाँ शक्ति सन्तुलन सिर्जना गर्ने सम्भावना बनाएका छन् । पार्टीका अन्य नेता विश्वप्रकाश शर्मा उपाध्यक्ष र प्रदीप पौडेल क्रमश: उपसभापति र महामन्त्रीको रूपमा उभिने अड्कल छन् । यदि गगन थापा नेतृत्वमा उत्रिए भने, शेरबहादुर देउवाले उदाउँदै गरेकी क्षमतावान नेतृ डा. आरजु राणाको सुरक्षाका निम्ति यी नयाँ शक्तिहरूसँग कसरी सामना गर्नेछिन् भन्ने बहसले गति लिएको छ तर यो पनि चर्चा चलेको छ कि महामन्त्री थापाले छिट्टै देउवाका उत्तराधिकार प्राप्त गरुन् !

  एक फरक तर गम्भीर प्रसंग

  एक फरक तर गम्भीर प्रसंगमा अवतरित हुनुपर्दा महामन्त्री गगन थापा माथि क्रिश्चियानिटीको आरोप लाग्ने गर्दथ्यो र त्यो गगन थापाले हालै हिन्दू मन्दिरमा पूजा गरेको एक भिडियो सार्वजनिक गरे, जसले केही जिज्ञासा उठायो । उनीमाथि लागेको आरोप र सार्वजनिक त्यो भिडियोको बिचबाट नियाल्यौ भने के तमाम नेपाली हिन्दुवादी नेताहरूले मन्दिर दर्शन गर्दा आफूद्वारा अभिनित वृत्तचित्र प्रसारण गर्छन् त ? के यो व्यक्तिगत आस्था हो, वा यसमा कुनै रणनीतिक पाटो पनि जोडिएको छ ?

  गगन थापाको धार्मिक क्रियाकलापलाई खुलेआम प्रचार गर्नुको कारण के हुन सक्छ ? सरकारले विआरआई ड्राफ्ट दस्ता निर्माण गर्यो नेपाली कांग्रेसले सरकारको ‘घुम्ती उच्चस्तरीय संयन्त्र’ निर्माण गर्यो जहाँ गगन थापाकै सचिवालय सक्रिय थियो र विआरआई सम्झौता भयो । उपरोक्त सम्झौता माथि मित्र राष्ट्रहरूको नाराज चेहरा बुझेका महामन्त्री थापाले ‘जब परराष्ट्र मन्त्री र सभापति नै चाहनु हुन्थ्यो त मेरो के लाग्थ्यो र’ भन्ने जवाफ दिए तर यो ब्यालेन्स गेम लामो समय टिकेन, थापा याे सरकार ८४ सम्मै रहने अभिव्यक्ति दिन तल्लिन रहे ।

 त्यो भन्दा पर सरकारद्वारा निर्मित अध्यादेशहरू निर्माण गर्न निरन्तर सक्रिय रहिरहे र यो विषयले भारतलाई कुन डायमिटरकाे चोट लागेको छ वा अमेरिकाले यसलाई कसरी लिएको छ वा उनी चिनिया एक दलीय प्रणाली भित्र प्रवेश गरिसके ? यस विच अन्य के संशय आरम्भ पनि भएको आभाष छ कि यो पछिल्लो पूजायाचनाले आर एस एस प्रभावित भयो वा भ्याटिकन नाराज !

साथै, केही रिपोर्टहरूका अनुसार, पश्चिमी प्रभावहरूले गगन थापालाई भारतसँगको सम्बन्धमा महत्वपूर्ण व्यक्तिका रूपमा प्रवेश गराई दिएका छन् । यदि यसले यथार्थमा आकार लियो भने, नेपालका नेतृत्वमा नयाँ भू-राजनीतिक समीकरणहरू विकसित हुन सक्छ । यस्ता रणनीतिहरू नेपालका क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा, विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) जस्ता परियोजनाहरूसँगको सम्पर्कले के प्रभाव पार्न सक्छ भन्ने प्रश्न उनले अब आजीवन मेटाउन सक्ने छैनन् । भारतलाई संभवत मन्दिरको सन्त पुजारी भन्दा उसको सुरक्षा स्वार्थ ठुलो छ उ भन्छ ‘भारत माता कि जय !’

एक अर्को प्रसंगमा कांग्रेस भित्र वीपी पुत्र शशांक कोइरालाको रणनीतिक सक्रियता र भारतीय दूतावाससँग भनिएको भेटवार्ताले बाह्य प्रभावहरूको संकेत दिन्छ तर, उनी नितान्त सचिवालय सदस्यको एक सेरेमोनियल कार्यकारी सदस्यमै सीमित देख़िन्छन् । आम रूपमा वेल मिनिङका डा. शशांक बिरामी परेपछि उनको घरभित्र विभाजनकारी बाह्य शक्तिको दबदबा बढ्याे ।

यसैबीच, देउवाको रणनीतिक सोचमा पनि महत्त्वपूर्ण घटकहरू छन् । पार्टीभित्रको गुटबन्दीले देउवा डा. शेखर कोइरालाको गतिविधि, विशेष गरेर कोशी प्रदेश र सुदूरपश्चिममा भएको उनको क्रियाकलापलाई निकटबाट नियालिरहेका छन् । देउवा यसलाई सामान्य राजनीतिक चहलपहलका रूपमा देख्छन् कि यो एक ठूलो चुनौतीको संकेत हो ? भविष्यमा यसले कस्तो रूप लिन्छ, त्यो महत्त्वपूर्ण हुनेछ । तर, देउवा डाक्टर शेखर कोईरालासँग धेरै विमत्तिहरू राख्दैनन् । किनभने डा. कोइरालाको भूराजनीतिक सन्तुलन अलि ज्यादा स्थिर छ ।

  यी मूल कारणहरूले आन्तरिक शक्ति सन्तुलनमा देउवा परिवारले डाक्टर शेखर कोइरालासँग सहकार्य गर्ने संकेत गर्दछ तर यसविच गगन थापासँगको पुनर्मिलनमा डाक्टर मिनेन्द्र रिजाल, एन पी साउद, राजेन्द्र बजगाई, गुरू घिमिरे र डाक्टर गोविन्द पोखरेलहरूको भूमिका पनि रोचक देखिनेछ ।

नेपालको भू-राजनीतिक र बाह्य प्रभावहरूको कुरा गर्दा, पश्चिमी मुलुकहरूले नेपालकाे लोकतान्त्रिक प्रक्रियालाई कसरी हेरेका छन् भन्ने कुरा गहिरो चिन्ताको विषय बनेको छ । के पश्चिमी र भारतीय कूटनीतिक निकायहरूले प्रमुख कांग्रेस नेताहरूलाई विशिष्ट क्षेत्रीय रणनीतिहरूसँग समन्वय गर्न सुझाव दिएका छन् ? यसकाे परिणाम स्वरूप, कांग्रेस नेताहरूले नेपालका विदेश नीतिहरू (BRI, इन्डो-प्यासिफिक रणनीति) निर्माणमा के भूमिका खेलेका छन् भन्ने प्रश्न पनि उठ्छ ।

अब, यदि देउवा पार्टीबाट बाहिरिएको सन्दर्भमा पनि कांग्रेसमा न्यूनतम २० प्रतिशत समर्थक देउवासँगै अन्तिम दिनसम्म रहन्छ त्यो भनेको लोकतान्त्रिक पार्टीमा ठुलो शक्ति हो । अथवा, देउवा नयाँ रणनीति अपनाउँदै सत्ता जोगाउने प्रयास गर्ने छैनन् ! देउवाको व्यावहारिक नेतृत्वशैली र उनकी पत्नीको प्रभावशाली भूमिका हेर्दा, के उनीहरूले आफ्नो अनुभवलाई प्रयोग गरी पार्टीमा शक्ति सन्तुलन कायम राख्न सक्नेछन् यो प्रश्न पाठक बिच नै छाडिएको छ ।

  अन्तिममा, शेखर कोइराला र गगन थापाबीचको एकताको दुरी अझ बढ्दैछ कि छैन भन्ने सवाल उठ्छ । डेढ वर्ष पूर्व एक कांग्रेस सांसदले डाक्टर शेखर कोइराला र महामन्त्री गगन थापा विच होटल याक एण्ड यतीमा शक्ति सन्तुलन प्रस्ताव गराएका थिए ।

अब, दुरी घट्यो र यसले आकार लियो भने, के यसले नेपाली कांग्रेसको भविष्यलाई पुनः परिभाषित गर्दै नयाँ शक्ति सन्तुलन सिर्जना गर्छ त ? तर, यस विच विश्वप्रकाश शर्मा भाइ शशांक, एन.पी. साउद सँगको एकताको बाटो आरम्भ भैसकेको परिस्थितिमा परिस्थिति अन्तै तैरिने त छैन ? अनि रेल छुट्छ ?

नेपालको राजनीतिक परिदृश्य अस्थिर र परिवर्तनशील रहेको छ, र आगामी महिनाहरूले नेताहरूलाई रणनीतिक पुनर्संरचनाको मार्ग अपनाउनेछन् वा आन्तरिक सुदृढीकरण गर्नेछन् भन्ने कुरा पत्ता लगाउनेछन् ।

(व्यक्तिगत विचार)