🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुप्रिम सहकारी ठगीमा पूर्वडीआईजी छविलाल जोशी कारागार चलान

रुपन्देही । जिल्ला अदालत रूपन्देहीले सुप्रीम सहकारीको रकम ठगी प्रकरणमा पूर्वडिआइजी  छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

सोमबार थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई जिल्ला कारागार रूपन्देहीमा थुनामा पठाउने निर्णय गरेको हो । अदालतका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जोशी कारागार चलान भइसकेको जानकारी दिए । 

यस प्रकरणमा सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गरेका थिए भने जोशीको पक्षबाट अधिवक्ता मनोजकुमार चौधरी र अपुर्व खतिवडाले बहस गरेका थिए ।

जोशीलाई समेत आरोपित बनाइएको यो ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतका अन्य व्यक्तिहरू थिए । उनीहरूले बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप लागेको थियो ।

यही प्रकरणमा लामिछानेलाई अदालतले एक करोड धरौटी मागेको थियो । जोशी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवम् सञ्चालक थिए भने लामिछाने प्रबन्ध निर्देशक थिए ।