काठमाडौँ, ७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका प्रमुख प्रशिक्षक सरिफा पन्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
घरेलु उद्योग दर्ताका लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकाले लाहाछाप लगाउने उद्देश्यले अनुमति दिन नमिल्ने भनी एक सेवाग्राहीसँग पन्तले रु पाँच हजार घुस लिएको आयोगको आरोप छ । आयोगले सोही कार्यालयमा मध्यस्तकर्ताका रुपमा रहेका खगेन्द्र बोहोरालाई समेत पक्राउ गरेको थियो ।



