• बुधबार-माघ-९-२०८१

उपेन्द्रलाई मुख्यमन्त्रीको ललीपप

 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा ब्युँतिएको समाजवादी मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको पुनः इन्ट्रीको निकै चासोको विषय बनेको छ । यादवले प्रचण्डले पार्टी फुटाईदिएको भन्दै चर्को आलोचना गरिरहेका छन् । सोहीकारण उनी समाजावदी मोर्चालाई छोड्ने बताइरहेका छन् ।  त्यसैले, उपेन्द्र र प्रचण्डवीच तत्कालका लागि फेरी मिलन हुने संभावना कम रहेको बताइन्छ । उपेन्द्र यादवले प्रचण्डसँग त्यति धेरै रिस गर्नुको कारण भने अर्कै रहेको स्रोतहरुको भनाइ छ । स्रोतहरुका अनुसार, मधेश सरकारको नेतृत्वका लागि प्रधानमन्त्री केपी ओलीले उपेन्द्र यावदलाई आश्वासन दिएका छन् । 


स्रोतका अनुसार, सीके राउत सरकार छोड्ने मनसायमा रहेका छन् । राउत पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले नै हटाईदिउन भने पक्षमा रहेका छन् । तर, ओली पनि राउत आफैले सरकार छोडुन् भन्ने चाहिरहेका छन् । यही कारण अहिले ओली र राउतको एकले अर्कोलाई हटाउने खेलमात्र रहेको छ । मधेश प्रदेश सरकार पनि त्यही रणनीतिमा परेको छ । मधेश प्रदेश सरकार हेरफेर हुने संभावना बढेपछि प्रधानमन्त्री ओलीले जनमतको सट्टा जसपालाई नेतृत्व दिने आश्वासन दिएका छन् । सोही आश्वासन पछि उपेन्द्र यादव समाजवादी मोर्चामा नगएको बताइन्छ । स्रोतका अनुसार, ओली र यवादवीच भेटवार्ता समेत भइसकेको छ । 


राउतको पार्टीले नेतृत्व गरेको सरकारले मधेश प्रदेशमा काम गर्न सकिरहेको छैन । त्यसैले कांग्रेसले पनि सरकारको विकल्प खोज्नुपर्ने बताइरहेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही महिनाअघि मधेश सरकार हेरफेर हुने बताएका थिए । स्थानीय तहको उपचुनावको समयमा लाहानमा पुगेर शर्माले उक्त कुरा बोलेका थिए । तर, अहिलेसम्म सरकार परिवर्तनको खेल भने भइसकेको छैन । तर, यादवलाई आश्वासन पाएपछि निकट भविष्यमा मधेश प्रदेश सरकार ढल्ने संभावना रहेको स्रोतको दावी छ । स्रोतका अनुसार, जनमतभित्रको विवादका कारणले पनि सरकार ढाल्न सहयोगी बनेको देखिन्छ । (साँघु साप्ताहिक, २०८१ माघ ७) 
 

प्रतिकृया दिनुहोस