• बुधबार-माघ-९-२०८१

कोशी प्रदेश प्रहरीलाई श्रव्यदृश्य सामग्री हस्तान्तरण

सत्य र सुरक्षित समाज निर्माणमा नयाँ पहल


विराटनगर, माघ ९ गते। कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई श्रव्यदृश्य उत्पादनका सामग्री हस्तान्तरण गरेको छ।

 

२०८१ माघ ९ गतेको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त प्रदेश सचिव कमल थापाले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई क्यामेरा र अडियो रेकर्डर हस्तान्तरण गर्नु भएको हो।

 

समारोहमा बोल्दै प्रदेश सचिव कमल थापाले भने, “कोशी प्रदेश प्रहरी कार्यालयले आम जनमानसमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्नका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै आएको छ। यी नयाँ सामग्रीहरूले ती कार्यक्रमहरूको प्रभावकारिता थप गर्नेछन्।”

 

यस अवसरमा, कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीले सामाजिक संजाल, रेडियो र टेलिभिजनमार्फत प्रसारण गरिने जनचेतनामुलक सामग्रीहरूमा यस सामाग्रीको योगदान महत्वपूर्ण रहने उल्लेख गर्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई धन्यवाद व्यक्त गरे।

 

निमित्त सचिव थापाले आगामी दिनहरूमा पनि यस्ता सहयोगहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको अवसरमा मन्त्रालयका पदाधिकारी र प्रहरी अधिकृतहरूको पनि उपस्थिती थियो।

 

सत्य र सुरक्षित समाज निर्माणमा नयाँ पहल


कोशी प्रदेश प्रहरी कार्यालयले आगामी दिनहरूमा यो सामाग्रीको माध्यमबाट समाजमा शान्ति र सुरक्षा प्रवर्धन गर्नका लागि प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने आशा व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस