२४औं सशस्त्र प्रहरी दिवस २०८१: गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सम्पन्न
हल्चोक, स्वयम्भु, माघ ९ गते। सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) को २४औं वार्षिकोत्सवका अवसरमा २०८१ माघ ९ गते बुधबार विशेष समारोह आयोजित गरिएको थियो। यस अवसरमा गृहमन्त्री रमेश लेखकले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउँदै शहीद सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तय गरिएका प्रधानमन्त्री केपी ओली घाँटीकाे समस्यालेअस्वस्थ भएकाे खबर प्राप्त भएपछि गृहमन्त्री रमेश लेखककाे प्रमुख आतिथ्यमा सञ्चालन भएकाे थियाे ।
एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड र उत्कृष्ट बाहिनी अवार्ड वितरण
समारोहमा गृहमन्त्री लेखकबाट अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक नवराज बिष्टलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ र यस वर्षको उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरिएकाे थियाे । यसअघि, सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले २०७८ सालमा महोत्तरीका छिन्नमस्ता बाहिनीलाई उत्कृष्ट बाहिनी बनाएका थिए ।
सशस्त्र प्रहरी वर्ष पुस्तक २०८१ लोकार्पण
समारोहमा गृहमन्त्री लेखकले ‘सशस्त्र प्रहरी वर्ष पुस्तक २०८१’को लोकार्पण पनि गरे, जसमा सशस्त्र प्रहरी बलका सम्पूर्ण कार्यहरूको संकलन गरिएको छ।
गृहमन्त्री लेखकको शुभकामना र निर्देशन
गृहमन्त्री लेखकले कार्यक्रममा सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपालका योगदानलाई उच्च मूल्यांकन गरे। उनले मुलुकको शान्ति स्थापना, आतंककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सशस्त्र प्रहरीलाई थप जनशक्ति र आधुनिक उपकरणका साथ सुसज्जित बनाउन सरकारको प्रयास निरन्तर रहने बताएका छन्।
सशस्त्र प्रहरी महानिरीक्षकको धन्यवाद ज्ञापन
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापन गर्दै सशस्त्र प्रहरी बलका शहीद र घाइते कर्मचारीलाई श्रद्धाञ्जली अर्पण गरे। उनले सशस्त्र प्रहरी बलको २५ वर्षको यात्रा र भविष्यका योजनाहरूको बारेमा समेत जानकारी दिएका थिए ।
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको लागि ५१ लाख चेक हस्तान्तरण
समारोहको एक भागमा, सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुले संकलित ५१ लाख ३९ हजार ४ सय २ रुपैयाँ बराबरको चेक, प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हस्तान्तरण गरे।
समारोहमा प्रमुख अधिकारीहरूको उपस्थिति
कार्यक्रममा सरकारका उच्च अधिकारीहरू, संवैधानिक निकायका प्रमुखहरू, नेपाल सेना र प्रहरीका प्रमुख, सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकारीहरू, अवकाश प्राप्त अधिकारीहरू र संचारकर्मीहरूको पनि उपस्थिति थियो।
यस समारोहले सशस्त्र प्रहरी बलको समर्पण र कर्तव्यप्रतिको इमान्दारीलाई पुनः उजागर गर्दै, भविष्यमा पनि नेपालको सुरक्षा र समृद्धिका लागि यसको भूमिका थप सशक्त बनाउन प्रतिवद्धता प्रकट गरेको छ।

प्रतिकृया दिनुहोस