• बुधबार-माघ-९-२०८१

सशस्त्र प्रहरी बलको भूमिका अग्रणी छ : मुख्यमन्त्री कार्की

 

धरान (सुनसरी), ९ माघ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरी बलको भूमिका अग्रणी रहेको बताउनुभएको छ । विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले गरेका काम सम्मानजनक रहेको उहाँको भनाइ छ ।

 
आज सशस्त्र प्रहरी बल नेपाल नः १ बराह बाहिनी मुख्यालय पकली सुनसरीद्वारा आयोजित २४औँ सशस्त्र प्रहरी दिवस २०८१ को समारोहलाई सम्बोधन गर्दै उहाँले सशस्त्र प्रहरी बललाई सीमालगायतका महत्त्वपूर्ण स्थानमा खटाउनु आजको आवश्यक्ता रहेको बताउनुभयो । 

 

उहाँले भन्नुभयो, “खुल्ला सीमाका कारण नेपालको व्यापार, उद्योग, शिक्षा स्वास्थ्य क्षेत्रमा क्षति बेहोर्नुपरेको छ । पछिल्लो समय सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्टका क्षेत्रमा हुने चोरी डकैती जस्ता गतिविधिमा गरेको सुरक्षा जाँचले प्रदेशमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।” 

 

सशस्त्र प्रहरीले राष्ट्र र नागरिकको सेवालाई सधैँ  प्राथमिकतामा राखेर कार्य सम्पादन गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नः १ बराह बाहिनी मुख्यालय पकलीका सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले बताउनुभयो । 

 

उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी मुलुक र राष्ट्रको सेवा र समर्पण भावप्रति सधैँ अन्तरनिहित हुन जरूरी रहेकाले सङ्गठनको नीति, निर्देशन प्राथमिकतामा राखी आफ्नो जिम्मेवारी पुरा गरिरहेको छ ।” 
---

 

प्रतिकृया दिनुहोस