🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खो खो विश्वकप उपविजेता टोली स्वदेश फिर्ता

काठमाडौं । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला खो खो टोली स्वदेश फर्किएका छन् । 

सोमबार त्रिभुवन विमानस्थलमा खो खो विश्वकपमा उपविजेता बन्न सफल भएका नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजासहित भव्य रुपमा स्वागत गरेका छन् । 

सोही क्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सबै खेलाडीहरुलाई बधाई दिँदै खेलको प्रशंसा गरेका छन् । उनले भने, ‘म राष्ट्रिय पुरूष र महिला खो खो टोलीलाई बधाई दिन चहान्छु । नेपालमा यो खेलको इतिहास हेर्ने हो भने त्यती लामो छैन् तर यो खेल त्यो खेलभित्र पर्यो जसले नेपाललाई विश्वकपमा पु¥यायो । यो सत्य हो ।’ 

टोलीलाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, खो खो संघका अध्यक्ष प्रदीप महर्जन लगायतले स्वागत गरेका हुन् ।  

हेमराज पनेरुको कप्तानीमा रहेको पुरुष टिम र सरस्वती कडायतको कप्तानीमा रहेको महिला टिमले उत्कृष्ट प्रदर्शन गर्दै खो खो विश्वकपको फाइनल पुगेको थियो । तर आइतबार भएको फाइनलमा नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भएको हो ।