🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल

काठमाडौं । अदालतमा पेश भएका मुद्दा मध्ये सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको देखिएको छ । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदनमा उक्त तथ्यांक देखाएको हो । 

आइतबार शितलनिवासस्थित राष्ट्रपति भवन पुगेर आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार महान्यायधिबक्ता बडालले नेपालको संविधानको धारा १५९ बमोजिम प्रतिवेदन पेस गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

सो अवसरमा महान्यायाधिवक्ता बडालले महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस र पैरवी तथा प्रतिरक्षा गरिएका मुद्धा, रिट तथा निवेदनहरुको लगत संख्या १४ हजार ७ सय १० रहेकामा ३ हजार ७ सय फर्छयौट भएको जानकारी गराएका थिए ।  फर्छयौट भएका मुद्दामा सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको जनाइएको छ ।