🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सर्वोत्तम सिमेन्टको सेयरधनीलाई लाभांश

काठमाडौं, पौष २५ । सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिंदैछ । कम्पनीले उक्त लाभांश पौष २६ गते अर्थात भोली साधारण सभामा वितरण गर्नेछ । सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । यो प्रस्ताव अब आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले भोलि शुक्रबार पौष २६ गते साधारण सभा बोलाएको छ । 

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पौष १२ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, पौष ११ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।