🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बागमती प्रदेश लिगमा चौतारा स्पोर्टिङ्ग क्लबलको सानदार जित

हेटौंडा । चौतारा स्पोर्टिङ्ग क्लबले बागमती प्रदेश लिगमा सानदार जित हासिल गरेको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार भएको दिनको दोस्रो खेलमा चौताराले थिमी युथ क्लब भक्तपुरलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । चौताराको जितमा एलिक श्रेष्ठले दुई गोल, सागर तामाङ, क्रिस सापकोटाले एक-एक गोल गरे ।

चौतारा स्पोर्टिङ्ग सिन्धुपाल्चोक जिल्ला लिग च्याम्पियन हो भने थिमी भक्तपुर जिल्ला लिग च्याम्पियन हो । प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद दुई लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

लिगमा मकवानपुरको पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसीकाभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी हुनेछन् ।