🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्वयुद्ध पछि जर्मनीमा चौथों पटक संसद भंग, फ्रेबुअरी २३ मा हुनेछ निर्वाचन

बर्लिन, १३ पुस । जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टेन मेयरले शुक्रबार संसद विघटन गरेका छन् । लगत्तै चान्सलर ओलाफ स्कोल्जको गठबन्धन सरकारको पतनपछि फेब्रुअरी २३ मा नयाँ चुनावको मिति घोषणा गरेका छन् । 

गत नोभेम्बर ६ मा गठबन्धन टुटेपछि उनले अल्पमत सरकारको नेतृत्व गरिरहेका थिए । जर्मनीको स्थिर अर्थतन्त्रलाई कसरी पुनर्जीवित गर्ने भन्ने विवादका बीच उनले अर्थमन्त्रीलाई बर्खास्तसमेत गरेका छन ।

ओलाफ स्कोल्जले १६ डिसेम्बरमा विश्वासको मत गुमाए पछि उनले अल्पमतको सरकारको नेतृत्व गर्दै आएका थिए । यसपछि धेरै प्रमुख दलका नेताहरूले निर्धारित समयभन्दा सात महिना अगाडि फेब्रुअरी २३ मा संसदीय निर्वाचन गराउने सहमति गरेका थिए । दोस्रो विश्वयुद्ध पछिको संविधानले आफैं विघटन गर्न अनुमति नदिने भएकोले स्टाइन मेयरले संसद विघटन गर्ने र निर्वाचन गर्ने कि नगर्ने निर्णय गर्न समय लागेको हो । 

उता, जर्मनीको चान्सलरको चुनावमा मुख्य मुद्दाहरू आप्रवासन, सुस्त अर्थतन्त्रलाई अगाडि बढाउने र  युक्रेनलाई रूस विरुद्धको संघर्षमा मद्दत गर्ने भन्नेलगायतका मुद्दा समावेश छन् । जर्मनीको निर्वाचन प्रणालीले परम्परागत रूपमा गठबन्धनहरू बनाउँछ र कुनै पनि पार्टी आफ्नै बलमा पूर्ण बहुमतको नजिक छैन भन्ने सर्वेक्षणले देखाएकाे छ । निर्वाचनपछि नयाँ सरकार गठनका लागि केही सातासम्म वार्ता हुने अपेक्षा गरिएको छ ।

जर्मनीको दोस्रो विश्वयुद्धपछिको संविधान अन्तर्गत  समय अघि नै संसद विघटन भएको यो चौथो पटक हो । सन १९७२ मा चान्सलर विली ब्रान्ड, १९८२ मा हेल्मुट कोहल र २००५ मा गेर्हार्ड श्रोडरको कार्यकालमा यस्ताे बिघटन भएको थियो । श्रोडरले विश्वासको मत प्रयोग गरेर चुनावमा जीत हासिल गर्ने साेचेका थिए तर प्रतिद्वन्द्वी एन्जेला मर्केलले थाेरै मतान्तरले बिजयी हासिल गरेकी थिइन ।

यसैबीच, सर्वेक्षणहरूले स्कोल्जको पार्टी फ्रेडरिक मर्जको नेतृत्वमा रहेको रूढीवादी विपक्षी युनियन अप्ठयाराेमा पारेको देखाएकाे छ ।