🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार, ललितलाई इलेक्ट्रिक बाइक

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन् ।

नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन् । यसको साथै, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन् । एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ ।

एनपीएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थताले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गर्नुको साथै २ लाख रुपैयाँ जितेका छन् । २०४ भन्दा माथिको स्ट्राइरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम जिते बेस्ट ब्याटर बने भने उनले दुई लाख रुपैंयाँ नगद पाएका छन् । 

१६ वर्षका कर्णाली याक्सका विपिन शर्माले उदीयमान खेलाडी घोषित भएका छन् । उनले कर्णालीलाई प्लेअफमा पु¥याउन १३ विकेट लिएका थिए । ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरेका छन् । 

यसको साथै, जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले यो लिग जित्न पाउदा एकदमै खुसी लागेको बताएका छन् । उनले भने, ‘मेरो लागि यो जित हासिल गर्न पाउँदा एकदमै उत्साहित छु ।’  सोही क्रममा बोल्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले खेलमा हार जित भइरहने र अर्को पटक राम्रो गर्ने प्रयास रहने बताए ।