🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अनेरास्ववियुको महाधिवेशन चैत्र मसान्तमा

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आउँदो चैत मसान्तभित्र २४ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

अनेरास्ववियुले बिहीबार त्रिभुवन विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले १२ औँ सचिवालय बैठकले केन्द्रीय कमिटीको चौथो बैठक माघ ६, ७ र ८ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले २३ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएर आएदेखि नै कुनै पनि शिक्षालयमा तालाबन्दी नगर्ने प्रतिबद्धता अनुरुप हरेक विषय शालीनतापूर्वक प्रस्तुत गरिँदै आएको बताए । साथै देशभरका अनेरास्ववियुका जिल्ला अध्यक्षको उपस्थितिमा पुस २५ र २६ गते स्ववियु निर्वाचनका लागि काठमाडौँमा कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको जानकारी दिए । 

अध्यक्ष बडालले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रिविका सचिव सिद्धान्त भट्टले त्रिविको शैक्षिक उन्नयन र प्रगतिका लागि ३५ बुँदे मागसहित करिब आठ दिनदेखि भिसी कार्यालय, कीर्तिपुरमा धर्ना बसिरहेको भन्दै सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण हुनुपर्ने धारणा राखे । 

अनेरास्ववियुले सामाजिक सञ्जालको दुरुपयोग गरी फेक समाचार सम्प्रेषण गर्ने, व्यक्तिको चरित्र हत्या गर्नेलाई कानुनी कारवाहीमा ल्याउन  सरकारलाई अनुरोध समेत गरेको छ ।