टियु रेकर्ड ब्रेक गर्दै सुशासन पथमा ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पछिल्लो इतिहासमा पहिलोपटक मेरिटका आधारमा डिनहरु नियुक्त भएका छन् । राजनीतिक दबाब र गतिविधिका कारण विश्वविद्यालयको शैक्षिक कार्यक्रम नै प्रभावित भएको थियो । त्यसैकारण खुला प्रतिस्पर्धाबाट डिनहरु नियुक्ति गर्न खोजिएको थियो । त्यसमा पनि उपकुपतिसहितका पदाधिकारीहरुलाई विभिन्न दलहरुले दबाब दिएर आफ्नो मान्छे नियुक्त गर्न भनेका थिए । तर, पदाधिकारीहरुले विश्वविद्यालयको शैक्षिक गतिविधिलाई अगाडि बढाउनका लागि मेरिटका आधारमा नियुक्त गर्ने प्रयास गरेका छन् ।
२०८१ मंसिर २८ गते शुुक्रबार ८ जना डिन नियुक्त गर्दा मेरिटलाई ध्यान दिएका कारण पहिलो नम्बरमा आएकालाई नियुक्त गरिएको छ । दुुईवटामा भने दोस्रो नम्बरमा आएकालाई नियुक्त गरिएको छ । शिक्षा शास्त्रसंकायका डिनमा चित्रबहादुर बुुढाथोकी थिए । बुढाथोकीलाई नदोहो¥याउने भनेर दोस्रो नम्बरका वेदराज आचार्यलाई डिन बनाइएको छ । राजनीतिक दबाब भने तेस्रो नम्बरमा रहेका तारा भुसालको नाममा भइरहेको थियो । त्यसपछि वन विज्ञान अध्ययन संस्थानमा पनि दोस्रो नम्बरमा रहेका ठाकुर सिलवाल परेका छन् ।
पहिलो नम्बरमा रहेका राजेश राई नहुने भएपछि सिलवालको पालो आएको हो । तर, अन्य संकायमा भने पहिलो नम्बरमा रहेकाहरुलाई नियुक्त गरिएका छन् । मेरिटका आधारमा नियुक्त नगर्न एमाले महासचिव शंकर पोखरेलले उपकुपति केशरजंग बराललाई दबाब दिएका थिए । सामाजिक सञ्जालमै लेखेर पोखरेलले मेरिटको नौटंकी नगर्न भनेका थिए । नियुक्त भएकाहरुमा मानविकी तथा सामाजिकशास्त्र संकायमा दुबिनन्द ढकाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा मोहनराज शर्मा, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकाय बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा ठाकुर सिलवाल, व्यवस्थापन संकायमा महानन्द चालिसे डिन नियुक्त भएका छन् । त्यसैगरी, इन्जिनियरिङ अध्ययन संस्थान सुशील बहादुर बज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा शंकर खनाल नियुक्त भएका छन् ।
त्रिविअन्तर्गतका अन्य ४ वटा निर्देशानलयमा पनि मेरिटकै आधारमा नियुक्त भएका छन् । त्यसरी नियुक्त भएका निर्देशकमा योजना निर्देशनालयका निर्देशकमा लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमाा राजेन्द्र कुँवर, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा मीनराज भण्डारी नियुक्त भएका छन् । विगतमा यी संकाय र निर्देशनालयमा दलहरुले भागबण्डा गरेर जुनियर र कमजोर व्यक्तिलाई नियुक्त गर्ने गरेका थिए । अहिलेको नियुक्तिले विश्वविद्यालय थितिमा चल्ने संभावनालाई भने बढाएको छ । (साँघु साप्ताहिक, २०८१ पुस १)
प्रतिकृया दिनुहोस