जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधि, सुदूरपश्चिम उपविजेता
काठमाडौं, ६ पुस । जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधि जितेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा क्रिकेटप्रेमी
सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधि हासिल गरेको हो ।
(दुबै तस्बिरः काठमाडौँ कीर्तिपुर क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सका खेलाडी बीचको खेल हेर्दै क्रिकेटप्रेमी दर्शक । तस्बिरः प्रदीप राज वन्त/रासस)
त्रिभुवन विश्वविद्यालय, क्रिकेट मैदानमा आज फाइनल खेलमा जनकपुर बोल्टस ५ विकेटले विजयी भएको हो ।
आजको खेलमा जनकपुरका लाहेरु मिलन्थाको ८७ रन जोडेर आउट भएका थिए भने जवाफी ब्याटिङमा जनकपुरले १० ओभरमा दुई विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।
पावर प्लेमा नै ८७ रन बनाएको जनकपुरले उत्कृष्ट प्रदर्शनको सुरुवाती गरेको थियो ।
आशिफ शेख ३३ रनमा आउट भए भने भने मोहम्मद मोहसिन ९ रनमा आउट भए भने जेम्स निसम यो पटक आश्चर्यतरिकाले ४ रन बनाएर आउट हुनु परेको थियो ।
सुदूरपश्चिमले सानदार सुरुवात गर्दै पहिलो विकेट अघि नै १ सय १७ रनको साझेदारी गरेको थियो।
सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए भने उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए।
त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाउन सफल भए भने ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रनमा चित्त बुझाउन बाध्य भए। यस्तै स्कट कुग्लिङ १३ रनमा आउट भए।
उता, जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३(३ विकेट लिंदा जेमी निसम र ललित राजवंशीले १(१ विकेट लिएका थिए।
काठमाडौं, ६ पुस । जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधि जितेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा क्रिकेटप्रेमी
सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधि हासिल गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, क्रिकेट मैदानमा आज फाइनल खेलमा जनकपुर बोल्टस ५ विकेटले विजयी भएको हो ।
आजको खेलमा जनकपुरका लाहेरु मिलन्थाको ८७ रन जोडेर आउट भएका थिए भने जवाफी ब्याटिङमा जनकपुरले १० ओभरमा दुई विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।
पावर प्लेमा नै ८७ रन बनाएको जनकपुरले उत्कृष्ट प्रदर्शनको सुरुवाती गरेको थियो ।
आशिफ शेख ३३ रनमा आउट भए भने भने मोहम्मद मोहसिन ९ रनमा आउट भए भने जेम्स निसम यो पटक आश्चर्यतरिकाले ४ रन बनाएर आउट हुनु परेको थियो ।
सुदूरपश्चिमले सानदार सुरुवात गर्दै पहिलो विकेट अघि नै १ सय १७ रनको साझेदारी गरेको थियो।
सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए भने उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए।
त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाउन सफल भए भने ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रनमा चित्त बुझाउन बाध्य भए। यस्तै स्कट कुग्लिङ १३ रनमा आउट भए।
उता, जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३(३ विकेट लिंदा जेमी निसम र ललित राजवंशीले १(१ विकेट लिएका थिए।
प्रतिकृया दिनुहोस