🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्र बैंक : डेपुटी गभर्नरका कारण ७ रेक्टरको भूकम्प

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिनाको व्यक्तिगत स्वभाव कारण कर्मचारी आक्रोशित हुँदै आएका छन् । उनले ०८० पुष २७ गते भक्तपुर नगरकोटको होटल माउन्टेन मिस्टिकमा स्ट्रेस म्यानेजमेन्ट गोष्ठी कार्यक्रममा टक्सार विभागका निर्देशक थानेश्वर आचार्यले महिला यौन दुब्र्यवहार गरेको भनेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष उजुरी दिएकी थिइन ।

यस विषयमा राष्ट्र बैंकले पनि सामान्य छानबिन गरी आचार्य दोषी देखिएको भन्दै उनलाई भविष्यमा सरकारी नोकरीका लागि अयोग्य नहुने गरी दोस्रो पटक बर्खास्त गर्ने निर्णय गरेको थियो । राष्ट्र बैंकले गरेको उक्त निर्णयविरूद्व यसपटक पनि आचार्यले सिंहदरबारस्थित प्रशासनिक अदालतमा २०८१ असार २ गते पुनरावेदन गरेका थिए ।

०८१ कार्तिक २७ गते प्रशासनिक अदालतले राष्ट्र बैंकले आचार्यलाई बर्खास्त गर्ने निर्णय प्रकृया गलत रहेको  फैसला गरेको थियो । सोही फैसलाका कारण  निर्देशक आचार्य नेपाल राष्ट्र बैंकमा पुनर्वहाली भएर ११ महिनाको तलव, सेवा, सुबिधा र भत्ता बुझिसकेको स्रोत बताउँछ । उनी कानूनका विद्यार्थी र राष्ट्र बैंकमा कानून अधिकृत पदमा नै कार्यरत रहेका छन् । २०५४ सालमा उनी राष्ट्र बंैकमा सेवा प्रवेश गरेका नवलपरासी वर्दघाट पूर्व निवासी रहेको बताइन्छ ।

उनले मदिरा सेवनको अवस्थामा डेपुटी गभर्नर ढुंगानालाई दुब्र्यवहारको आशय झल्किने अपशब्द प्रयोग गरेपनि  हिंसाजन्य कार्य भने नगरेको राष्ट्र बैंकका कर्मचारीहरूले बताउँदै आएका छन् । आचार्यले ढुंगानालाई दुव्र्यवहार  गर्दा  अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र र तत्कालीन कार्यकारी निर्देशक देव कुमार ढकाल सोही स्थानमा फोटो खिचेर बसेको कर्मचारी स्रोतले दावी गरेको छ । निर्देशक आचार्यलाई कुनै गाली वा गलत कार्य गर्न उनीहरुले नउक्साएको स्रोत बताउँछ ।

महिला आयोगमा उजुरी
डेपुटी गभर्नर ढुंगानाले मिश्र र ढकाल दुवैलाईसमेत  दुब्र्यवहारमा कानूनी कारवाहीका लागि भन्दै राष्ट्रिय महिला आयोगकी प्रमुख आयुक्त कमला पराजुलीसमक्ष उजुरी दिएको बताइन्छ । आयोगले पनि यस विषयलाई गम्भीर रूपमा लिंदै उजुरी र अनुसन्धान शाखामार्फत अनुसन्धान गरिरहेको बुझिएको छ । 

तर, आयोगका केही आयुक्तले मिश्र र ढकाललाई सफाई दिने किसिमले गतिविधि गरी अनुसन्धानमा प्रभाव पार्न खोजेको भन्दै प्रमुख आयुक्त पराजुलीले ती आयुक्तलाईसमेत स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ । यो विषयमा मिश्र र ढकालले आयोगमा गएर घटनाका विषयमा बयान समेत दिइसकेको कर्मचारी स्रोतले बताएको छ ।

तरपनि आयोगको निर्णय भने आउन बाँकी रहेको छ । यस घटनामा आरोपित आचार्य पुनर्बहाली भएपछि नेपाल राष्ट्र बैंकमा भने ७ रेक्टरको भूकम्प गएको चर्चा छ । गभर्नर महाप्रसाद अधिकारीले आचार्यलाई महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न रहेको आरोपमा प्रक्रिया नपु¥याई बर्खास्त गरेका कारण प्रशासकीय अदालतले उनको पुनर्वहाली गरिदिएको बताइएको छ । प्रशासकीय अदालतले ०८१ कात्तिक २७ गते आचार्यलाई बर्खास्त गर्ने नेपाल राष्ट्र बैंकको निर्णय बदर गरिदिएको स्रोत बताउछ । प्रशासकीय अदालतको अध्यक्ष डिल्लीराज घिमिरे, सदस्यहरु रिता मैनाली र कृष्णप्रसाद पौडेलको इजलासले आचार्यलाई सेवाबाट बर्खास्त गर्ने नेपाल राष्ट्र बैंकको निर्णय बदर गरिदिएको प्रशासनिक अदालत स्रोतले बताएको छ ।

तर, अदालतको पूर्णपाठ भने अझै आइनसकेको बताइन्छ । राष्ट्र बैंकको सेवाबाट बर्खास्त गर्दा अपनाउनुपर्ने प्रक्रिया र यसअघिका नजिर विपरीत  आचार्यलाई बर्खास्त गरिएकोले निर्णय बदर गर्ने फैसला भएको स्रोतले जनाएको छ । यसअघिका नजिर र प्रक्रियाहरुमा आचरणको सवालमा विभागीय कारवाही गर्दा गभर्नर आफैंले निर्णय गर्ने गरेको तर आचार्यको हकमा भने मातहत कर्मचारीबाट सजायसमेत प्रस्ताव गरी टिप्पणी उठाउन लगाएको स्रोतको भनाई रहेको छ । त्यसलाई सदर गरेकोले गभर्नरको सो कार्य नियम र प्रक्रिया विपरीत भएको प्रशासकीय अदालतले ठहर गरेको स्रोतले बताएको छ ।

संचालक समितिमा पनि आचार्यको निवेदन
गभर्नर अधिकारीले सेवाबाट आफूलाई बर्खास्त गर्ने गरी गरेको निर्णयविरुद्ध आचार्यले राष्ट्र बैंक संचालक समितिमा निवेदन दिएका थिए । संचालक समितिले पनि गभर्नर अधिकारीको निर्णय सदर गरेको थियो । राष्ट्र बैंक संचालक समितिमा गभर्नर अध्यक्ष हुने कानूनी व्यवस्था  रहेको छ । गभर्नर आफैले सजायको उठान नगरी मातहत कर्मचारीबाट सजाय गर्ने आधार सहित सजाय प्रस्ताव गरी पेश भएको टिप्पणी सिफारिस सदर गर्नेगरी विपक्षी गभर्नरले विवादित निर्णय गरेको देखिंदा सर्वाेच्च अदालतबाट प्रतिपादित सिद्धान्त, प्रचलित कानूनहरु, राष्ट्र बैंकको कर्मचारी आचार संहिता समेत विपरीत देखिएको समितिले ठहर गरेको थियो ।

यही कारण गभर्नरको विवादित निर्णय र त्यसलाई सदर गर्ने संचालक समितिको निर्णय बदर हुने फैसला अदालतले गरेको थियो । फैसलाले आचार्यलाई सेवाबाट बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णय बदर भए पनि कारवाही गर्ने अधिकार भने गभर्नरलाई दिएको बताइएको छ । सो राय किताबमा आचार्यलाई गभर्नरले पुनः प्रक्रिया पूरा गरी कारवाही गर्नसक्ने बाटो खुल्ला राखेको अदालत स्रोतको दावी छ । यसमा अधिकारप्राप्त अधिकारी आफैले सम्बद्ध सेवा कानूनले तोकेको सम्पूर्ण प्रक्रिया र कार्यविधि अवलम्बन गरी आधार र कारण खुलाई न्यायिक मनको प्रयोग गरी समुचित विभागीय कारवाही गर्नसक्ने हुँदा सो बारेमा थप विवेचना गर्नु परेन प्रशासनिक अदालतको फैसला ठहरमा भनिएको स्रोतको दावी छ । 

पहिलो महिला गभर्नर बन्न 
दुब्र्यवहारको आरोप ?

नेपाल राष्ट्र बैंकले २०८० साल पुस २७ गते नगरकोटको होटल माउन्टेन मिस्टिकमा स्ट्रेस म्यानेजमेन्ट कार्यक्रम राखेको थियो । सो कार्यक्रममा राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरुसहित उपल्ला तहका कर्मचारीसमेत सहभागी थिए । सोही कार्यक्रममा राष्ट्र बैंकका तत्कालीन निर्देशक थानेश्वर आचार्यले राष्ट्र बैंककै डेपुटी गभर्नर ढुंगानामाथि महिला हिंसाजन्य दुव्र्यवहार गरेको आरोप लागेको थियो । सो दुव्र्यवहारमा डेपुटी गभर्नर मिश्र तथा कार्यकारी निर्देशक ढकालले तत्कालीन निर्देशक आचार्यलाई उक्साएको तथा दुव्र्यवहारको फोटो र भिडियो खिचेर पीडितलाई थप पीडा दिएको आरोप लागेको थियो ।

घटना सार्वजनिक भएपछि पीडित महिला डेपुटी गभर्नरले दुव्र्यवहार बारे अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् । राष्ट्र बैंकले आन्तरिक छानबिनपछि तत्कालीन निर्देशक आचार्य दोषी देखिएको भन्दै सेवाबाट बर्खास्त गरेको थियो । राष्ट्र बैंकको सो निर्णयविरुद्ध आचार्य प्रशासकीय अदालत गएको थिए । अदाततले राष्ट्र बैंकको निर्णय बदर हुने फैसला गरेको छ । महिला हिंसाजन्य दुव्र्यवहारमा संलग्न तत्कालीन निर्देशक आचार्यलाई राष्ट्र बैंकको जागिरबाट हटाएपनि डेपुटी गभर्नर मिश्र र कार्यकारी दिर्नेशक ढकालमाथि भने कुनै कारवाही भएको थिएन ।

त्यसैले डेपुटी गभर्नर ढुंगाना मिश्र र ढकाललाईसमेत कानूनी कारवाही गराउने हेतुले ढुंगानाले महिला आयोगमा उजुरी हालेको चर्चा छ । उनले आफू गभर्नर बन्न आफ्ना प्रतिस्पर्धीहरूलाई फौजदारी मुद्दा लगाएर सिध्याउन अनेकौं षडयन्त्र गर्दै हिंडेको राष्ट्र बैंकका कर्मचारीहरूले बताएका छन । 

  सरकारी कार्यक्रममा मदिरा सेवन गर्न बन्चित छ । तर, नगरकोटको कार्यक्रममा मदिरासेवन गरेर दुव्र्यवहार गरिएको आरोप उनले लगाउँदै आएकी छिन् । सामुहिक रूपमा ठुलो संख्यामा भएको कार्यक्रममा सहसचिवस्तरको कर्मचारीले विशिष्ट श्रेणी भन्दा माथिको कर्मचारीमाथि दिनदहाडै सार्वजनिक स्थानमा कसरी  दुव्र्यवहार गर्नसक्छ भन्ने प्रश्न राष्ट्र बैंकका कर्मचारीहरूले गर्दै आएका छन् ।

निर्देशक आचार्यले अपशब्द प्रयोग गरेको र खुलास्थलमै दुव्र्यवहार हुँदा पनि मिश्र र ढकाल रमिते बनेर बसेको, फोटो खिचेको र निर्देशक आचार्यलाई उक्साएको आरोपसहित महिला आयोगमा उजुरी दिइएको स्रोत बताउछ । जसले पुरानो रिसइवी साँध्न गरिएको नाटक वा नक्कली उजुरी मात्र दिएको चर्चा केही कर्मचारीहरूले गरेका छन् । 

गभर्नरको दौड रोक्न चलखेल
नेपाल राष्ट्र बैंकको गर्भनर बन्न यतिबेला दौडधुप दाउपेच शुरु भइसकेको छ । गभर्नरका लागि आधा दर्जनको नाम चर्चामा छ । जसमध्ये एक हुन्, वर्तमान डेपुटी गभर्नर बमबहादुर मिश्र । सबैभन्दा धेरै चर्चामा रहेका उनलाई गभर्नरको ‘रेस’ को दौडबाट बाहिर निकाल्नका लागि नेपाल राष्ट्र बैंकभित्र र बाहिर केही गिरोहले चलखेल शुरु गरेको स्रोत बताउँछ । (साँघु साप्ताहिक, २०८१ पुस १)