अरुले करोड करोड लिए । उनका भागमा आधा करोडमा केही थपेर मन्साई दिए । तर, अहिले पुरै ४ अर्ब ३५ करोडको एकमुष्ट जिम्मा उनको थाप्लोमा आएको छ । जसले गर्दा तत्कालीन पर्यटन सचिव तथा नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष शंकर अधिकारीलाई रातको निन्द्रा न दिनको भोक भएको छ । वाइड बढी जहाज खरिद काण्डको ब्याख्या गर्दै लेख टिप्पणीहरु लेख्ने गरेका छन् ।
महालेखा र संसदको सार्वजनिक लेखा समितिको छानविन उपसमितिले आफ्ना कुरा सुनेन भन्ने बिलौना गर्दैछन् । महालेखाले जहाज खरिदमा कानूनको प्रकृया नपुगेको भनेर स्पष्टसंग भनेको थियो । सार्वजनिक लेखा समिति अन्र्तगत छानविन उपसमितिले कानूनको प्रकृया नपुगेको मात्र होइन भ्रष्टाचार नै भएको छ भनी रु ४ अर्ब ३५ करोड अंक किटान गरि दिएको छ । यस प्रकरणमा तत्कालीन सचिव तथा नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष शंकर अधिकारीलाई मुख्य दोषी करार गरेको छ ।
सार्वजनिक लेखा समितिले मात्र होइन पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नै यसमा भ्रष्टाचार भएको छ भनेका छन् । देउवाले संघीय संसदको पौष ११ गतेको बैठकमा वाइड बडी जहाज खरिदमा ठूलो लफडा र घोप्ला भएको छ, यसको सत्य तथ्य आउनु पर्छ । हामी छोड्ने वाला छैनौ भने पछि सरकारले जाझबुझ आयोग नै बनाउन बाध्य भयो ।
शेरबहादुर देउवा प्रधानमन्त्री तथा पर्यटन मन्त्री भएका बेला शंकर अधिकारी पर्यटन सचिव रहेका थिए । सार्वजनिक लेखा समितिमा छलफल हुदै गर्दा तत्कालीन प्रधानमन्त्री देउवाले नै छानविन माग गरे पछि शंकर अधिकारीहरु थप संकटमा परेको हुन । खरिद कारोवार भएको समयका प्रधानमन्त्रीले नै जहाज खरिदमा भ्रष्टाचार भएको छ भनी संसदमा बोलेपछि शंकर अधिकारीहरु थप छटपटाहटमा परेको पाइएको छ ।
गतबर्ष महालेखाले आफ्नो प्रतिवेदन सार्वजनिक गरेपछि सांघु साप्ताहिकमा निकै पटक उनको फोटोसहित जहाज खरिदमा घोटाला भयो र यसमा मुख्य दोषी शंकर अधिकारीहरु भनी समाचार टिप्पणीहरु प्रकाशित भएका थिए । ती समाचार अहिले संसदीय समितिको छानविन पश्चात सत्य सावित भएका छन ।
त्यस बेला शंकर अधिकारी सायद पदमै थिए होलान, त्यसैले उनको पर्दा पछाडिको शक्तिको आडमा यस्ता विषयमा बाल मतलव दिएनन् । तर, उनका संरक्षकहरुले नै खुट्टा छोडेपछि उनीमा छटपटाहट आएको छ । महालेखा र सार्वजनिक लेखा समतिलाई सत्तोसराप गर्दैछन् । शंकर अधिकारीहरु आंत्तिएको, तर्सिएको देख्दा महालेखाले बेरुजु लेखेको र लेखा समितिले भ्रष्टाचार भयो भनेको थप सत्य सावित भएको छ ।
वाइड बढी जहाज खरिदमा भ्रष्टाचार र अनियमितता नभएको र कसैले कुनै गल्ती, कमजोरी नगरेको भए चोरको खुट्टा झिकभन्दा शंकर अधिकारी किन फुत्तफुत्त खुट्टा झिक्छन् त ? सार्वजनिक लेखा समितिको छानविनपछि उनको छटपटाहटबाट बढेकोले जहाज खरिदको निर्णयमा सहीछाप हान्ने मुख्य दोषी शंकर अधिकारी नै हुन् भन्ने स्पष्ट भएको छ ।
जहाज खरिदमा घोटाला गरिएको रकम कस, कसले कतिकति पाए भन्नेसम्मका आंकडा र कतिपय लेनदेनको भिडियो रेकर्डहरु समेत अहिले बजारमा उपलव्ध रहेको दावी गर्न थालिएको छ । शंकर अधिकारीले त्यस्तै अडियो वा भिडियो सुन्ने इच्छा भए त्यो पनि केही समय पछि पूरा हुने परिस्थितिले ढोका ढक्ढक्याएको अवस्था छ ।
आफ्ना भागमा आशा गरे अनुसार नपाए पनि कमिशनको पैसा खनखन्ती गनेर थन्क्याई सकेर शंकर अधिकारी अझै खरिद प्रकृया ठीक थियो भनी भ्रम छरिरहेका छन् । खरिद प्रकृया ठीक भएपनि भ्रष्टाचार हुन सक्तछ । खरिद प्रकृया बेठीक भएपनि भ्रष्टाचार नहुन सक्तछ । कानूनी प्रकृया मिलाएर भ्रष्टाचार गर्न त पाइदैन होला । बरु कानूनी प्रकृया नमिले पनि भ्रष्टाचार भएको छैन भने राज्यले छुट दिन सक्ला ।
जहाज खरिद प्रकरणमा सार्वजनिक लेखा समितिको छानविनको निष्कर्ष पछि खरिद प्रकृयाको कुरा भन्दा पनि नतिजामा भ्रष्टाचार भयो भन्ने निष्कर्ष आईसकेको छ । निगमका तत्कालीन अध्यक्ष शंकर अधिकारी अझै प्रकृयाकै भ्रम छरेर उम्किन खोज्दैछन् । अब त प्रकृया होइन आफूले बुझेको पैसाको कुरा आई सक्यो । अब त शंकर अधिकारीहरुले फलाना ठाउँमा, फलानासंग यति रकम लिएको हो भन्ने बेला पो हैन र ?
शंकर अधिकारीहरुले जहाज खरिदमा कानूनी प्रकृया मिलेको भ्रम छरेर भ्रष्टाचार गरेका रहेछन् । अहिले सार्वजनिक लेखा समितिले भ्रष्टाचार भएको रु ४ अर्ब ३५ किटानी गरेको छ ।अहिले शंकर अधिकारीहरुबाट भ्रष्टाचार भयो भनिएको पैसा कुन हो ? कहाँ छ ? भन्ने खोजीमा रहेको देखिन्छ । त्यो रकम जहाजको बैना पठाएको बेला र पछि प्रत्येक पटकको भुक्तानी पठाउँदाको कमिशन लिएको रकम हो भन्ने पर्यटन मन्त्रालय र वायुसेवा निगममा सर्बत्र व्याप्त छ ।
सार्वजनिक लेखा समितिले भ्रष्टाचार भयो भनेको रकम र जुन बेला जो अधिकारी थिए तिनीहरुबीच बाँडचुड गरिएको रकम नै कुल मिलाएर रु ४ अर्ब ३५ करोडको हिसाव होला । अब शंकर अधिकारीहरुले बुझेको रकमको फेहरिस्त सार्वजनिक हुँदै जानेछ । आफ्नो भागमा परेको रकम र त्यसको जरिवानासहित ठीक पारेर अब शंकर अधिकारीहरुले गुण्टा कसेर जेल जाने तयारी गरे हुन्छ ।



