🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिके राउतलाई ठुलै झट्का

काठमाडौं । मधेशका नेता सीके राउत जनमत पार्टीका अध्यक्ष हुन् । मधेश प्रदेशको मुख्यमन्त्री सतिश सिंह  त्यही पार्टीका नेता हुन् र उनलाई राउतले मुख्यमन्त्री बनाएका हुन् । मधेश प्रदेशको संसदीय दलको नेता महेश यादव र प्रमुख सचेतक चन्दन सिंहलाई छोडेर राउतले जुनियर सांसद सिंहलाई मुख्यमन्त्रीमा अघि सारे । आफ्नै निर्वाचन  क्षेत्रको भएकोलेमात्र होइन, आफ्नो एसम्यानका लागि  पनि राउतले सिंहलाई अगाडि सारेको अनुमान गरिन्छ । हुन पनि, पछिल्ला दिनमा राउतले नै सिंहलाई चलाइरहेका छन् । यादव र चन्दन सिंह भने असन्तुष्ट रहेका छन् ।

पार्टीभित्र असन्तुष्टि बढे पनि विभाजन  गर्ने वा छोड्ने अवस्थामा भने नेताहरु  रहेका छैनन् । त्यसैले,  पछिल्ला दिनमा एमालेसँग जनमत पार्टीको दूरी बढ्दै गएको छ । राउतसँग असन्तुष्टि जनाइरहेका नेताहरु एमालेको  सम्पर्कमा भने रहेका छन् । पछिल्ला दिनमा एमाले अध्यक्ष केपी ओलीसँग पनि राउतको दूरी बढ्न थालेको छ । एमाले अध्यक्ष ओलीसँग राउतको  दूरी बढ्न थालेकै कारणले मधेश प्रदेशको सरकार हेरफेर गर्ने चर्चा पनि सुरु भएको छ । 

मधेश प्रदेशको सरकार आफूले पाउनुपर्ने कांग्रेसले दावी गर्न थालेको छ । कांग्रेस नेताहरुले उक्त प्रयास गरेपछि मधेशको सरकार धर्मरमा रहेको अनुमान भइरहेको छ । तर, अहिले नै सरकार ढल्ने भन्नेमा चाहिँ प्रष्ट भइसकेको छैन । तर,  जनमतसँग सत्ता गठबन्धनका नेताहरुको दूरी भने बढ्दै गएको छ । संघीय सरकारमा मन्त्री दावी नगरेर जनमतले मुख्यमन्त्रीमा दावी  गरेको थियो । 
सभामुख देवराज घिमिरेसँग पनि राउतको भनाभन भइरहेको छ ।

समानुपातिका  सांसदलाई हटाउने राउतको प्रयासमा सभामुख घिमिरे तगारो  बनेपछि  समस्या भएको हो । राउतले आफ्ना सांसदहरुलाई पटकपटक हटाउने काम गर्दै  आएका छन् । त्यसो गर्नुको खास कारण भने अहिलेसम्म खुलेको छैन । तर,  आर्थिक लेनदेनसँग जोडिएको भन्ने चर्चा गरिन्छ । राउतले सांसदहरु अनावश्यक रुपमा फेर्न थालेपछि सभामुख घिमिरेल हटाउन नमिल्ने निर्णय सुनाएका थिए । त्यसले  गर्दा पनि राउत र सत्ता गठबन्धनका नेताहरुसँग दूरी बढ्दै  गएको देखिन्छ । (साँघु साप्ताहिक, २०८१ मंसिर २४)