🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

काठमाडौं। बिकिन जोशी र सर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

\"\"
नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बिकिन र महिलातर्फ सर्मिला सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट घोषित दुवै खेलाडीले ट्रफी, मेडल सहित जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

खुल्ला पुरुष, महिला र जुयिनर गरी ३ विधा अन्तर्गत ११ वटा तौल समूहलाई प्रतियोगितामा समावेश गरिएको थियो ।

पुरुष ६२ केजी तौल समूहमा निमेष चुकान पहिलो, दिनेश सिख्राकर दोस्रो र किरण सुवाल तेस्रो भए ।

पुरुष ६२ दशमलव १ केजीदेखि ६९ केजी तौल समूहमा बिकिन जोशी पहिलो, बिक्रम थापा दोस्रो र निखिल तामाङ तेस्रो भए । पुरुषकै ६९ दशमलव १ केजीदेखि ७७ केजी तौल समूहमा विकेस श्रेष्ठ पहिलो, सहज रन्जित दोस्रो र दिपेश श्रेष्ठ तेस्रो बने ।

७७ दशमलव १ केजीदेखि ८५ केजी तौल समूहमा ओजस जोशी पहिलो, राजिब श्रेष्ठ दोस्रो र उम्बल तामाङ तेस्रो भए भने ८५ केजीमाथिको तौल समूहमा मनोज श्रेष्ठ पहिलो, सुजित अराले दोस्रो र युदिष्ठिर सिप्र घिमिरे तेस्रो भए ।

महिलातर्फ ५८ केजी तौल समूहमा सबिता ह्यान्जु पहिलो, तारा खाइनु दोस्रो र झरना योन्जन तेस्रो भईन् । महिला ५८ दशमलव १ केजीदेखि ६४ केजी तौल समूहमा ज्योती थापा पहिलो, पुनम बोम्जन दोस्रो र पुनम चौधरी तेस्रो भईन् ।

महिला ६४ केजीमाथिको तौल समूहमा सर्मिला शाह पहिलो, अल्बिना राजयना दोस्रो र कृपा रसाईली तेस्रो भईन् ।

जुनियर २१ वर्ष मुनिको उमेर समूहमा राजिव खड्का पहिलो, आकृत बाँनिया दोस्रो र दिपेश बोहराले तेस्रो स्थान हासिल गरे ।

पुरुष, महिला र जुनियर बिधामा पहिलो, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल सहित क्रमश २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक सुकदेव कार्कीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए । नेपालमा पावरलिफ्टिङ खेलको उत्थान र विकासको उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको संस्थापक सुकदेव कार्कीले बताए ।