एआईजी बढुवामा क–कसको प्रतिस्पर्धा ?
काठमाडौँ । २०८१ मंसिर महिनाभित्रै उमेरहदका कारण नेपाल प्रहरीका दुई अतिरिक्त महानिरीक्षकद्वय केदार ढकाल र भीम प्रसाद ढकाल अनिवार्य अवकाशमा जाने सूचीमा रहेका छन् । उनीहरु दुवैजना एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाशमा जान लागेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । ०८१ कार्तिक १५ गते एआईजीमा बढुवा भएका केदार ढकाल आगामी २०८१ मंसिर २१ गते शुक्रवार ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछन् । उनी अवकासमा गएको करिब एक सातापछि मंसिर २८ गते शुक्रवारका दिन अर्का एआईजी भीम प्रसाद ढकाल पनि अनिवार्य अवकाशको सूचीमा रहेका छन ।
प्रहरी नियमावली २०७१ अनुसार प्रहरीको ३० वर्षे सेवा अवधि, पाँच वर्षे पदावधि भएपनि उनीहरू एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने कानूनी व्यवस्था रहेको छ । ढकालद्वयपछि आगामी पुष १४ गते एआईजी किरण बज्राचार्य पनि उमेर हदकै कारण अनिवार्य अवकाशमा जाने भएकी छिन् । उनीहरू तीनैजना वर्तमान आईजीपी वसन्तबहादुर कुँवरका ब्याची रहेको बताइन्छ । २०५१ चैत ५ मा उनीहरू प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरी सेवामा प्रवेश गरेका थिए ।
यी तीन जनाको पद रिक्त हुने भएसँगै एआईजी बढुवाको लागि हाल गण्डकी प्रदेशकी डीआईजी दुर्गा सिंह चन्द र ट्राफिक प्रहरी महाशाखा प्रमुख रहेका भरत बहादुर बोहराले दौडधुपमा गरिरहेको बुझिएको छ । बोहरा पनि आगामी पुस १३ मा ५६ वर्षे उमेरहदका अनिवार्य अवकास हुँदैछन् । त्यसैले बोहराले मंसिर २१ गते रिक्त हुने केदार ढकालको स्थानमा बढुवा भएर पेन्सन मात्र खाने योजनामा लागेको चर्चा छ । उनी आफ्नो मिसनमा सफल भएको खण्डमा २२ दिने एआईजीको पेन्सन खाने मनसाय राखेको बताइन्छ ।
बोहरा सुदूरपश्चिम निवासी भएकाले उनलाई मंसिर अन्तिम साताभित्रै एआईजीमा बढुवा गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकलाई दबाब दिएको स्रोत बताउँछ । त्यसपछि मंसिर २८ गते रिक्त हुने भीम प्रसाद ढकालको स्थानमा भने डीआईजी दुर्गा सिंह चन्दलाई बढुवा गर्ने संभावना बलियो रहेको छ ।
आईजीपी वसन्त बहादुर कुँवरले आफूसँगै २०७९ असार ८ गते डीआईजीमा बढुवा भएकाहरुलाई आफ्नो कार्यकालमा एआइजीपीमा बढुवाका लागि भूमिका खेल्ने भएका छन् । सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली, किरण बज्राचार्य र किरण राणा प्राय सबै डीआईजीहरू एआईजीमा बढुवा भइसकेका छन् । यी तीनजना पनि बढुवा भएपछि त्यसको जससमेत आईजीपी कुँवरले पाउने बताइन्छ ।
उनीहरुमध्ये अशोक सिंह नागरिकताको जन्म मिति विवादमा परेर डीआईजीबाटै राजीनामा दिएका थिए । पोषराज पोखरेल एआईजी बढुवा सिफारिस भएर पनि सरकारले बढुवा निर्णय नगर्दा एआईजीको फुली लाउन नपाइ अवकास हुनु परेको थियो । उनको मुद्दा अहिले पनि सर्वाेच्च अदालतमा विचाराधिन रहेको बताइन्छ । यी दुईजनाबाहेक कुँवरसँगै बढुवा भएका १५ जना डीआईजीहरू एआईजी हुने भाग्यमानी भित्र परेका छन् । आईजीपी कुँवरका १०८ नं व्याजी इन्स्पेक्टरहरू प्रहरी ऐन संशोधन भएर ३० वर्षे सेवा अवधि हटेन भने आगामी २०८१ चैत्र ५ गते अनिवार्य अवकासमा जाने स्रोतले दावी गरेको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १७)

प्रतिकृया दिनुहोस