काठमाडौं । एसिसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई १२३ रनमा समेटेको छ । अफगानिस्तानका कप्तान महबुब खानलाई शुन्यमा बोल्ड आउट गरेको नेपालले १२३ रनमा रनआउट गरेको हो ।
युएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले ३५.४ ओभरमा १२३ रनमा अलआउट गरेको हो । अफगानिस्तानका लागि फैसल खानले अर्धशतक प्रहार गरे पनि खेल आफ्नो पक्षमा पार्न सकेन्। नेपालका सन्तोष यादवले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि नेपालले उत्कृष्ट सुरूआत गरेको थियो। नेपालले अफगानिस्तानका दुवै ओपनरलाई शून्यमा आउट गरेको थियो । खेलको पहिलो ओभरको तेस्रो बलमा नेपालका कप्तान हेमन्त धामीले अफगानिस्तानका ओपनर तथा कप्तान महबुब खानलाई शून्यमा बोल्ड गरेका थिए।



