काठमाडौं, ३ पुस । नेपाल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुँदैछ ।
जसअनुसार पहिलो खेल स्पोर्टिङ इलाम फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल बुटवल लुम्बिनी र पोखरा थन्डर्स क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेल स्पोर्टिङ इलाम फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबका बिचमा दिउँसो १ बजेबाट हुनेछ भने दोस्रो खेल बुटवल लुम्बिनी र पोखरा थन्डर्स क्लबका बिचमा साँझ ६ः०० बजेवाट सो खेल सुरु हुनेछ ।



