🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पार्टीमा रविकै कुरा सुनुवाई हुन छाड्यो !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सभापति रवि लामिछाने र अन्य नेताहरुको लाइन फरकफरक देखिन थालेको छ । लामिछानेको सुझाव र निर्देशनलाई पार्टीले अस्वीकार गर्न थालेको छ । त्यसले गर्दा लामिछानेविरुद्धको पार्टीभित्रै गठबन्धन भइरहेको अर्थमा पनि विश्लेषण भइरहेको छ । लामिछानेको निर्देशन अनुसार पार्टीले आन्दोलन गर्न सकेको छैन । हिरासतबाट नै लामिछानेले पार्टीलाई आन्दोलनमा लैजान आग्रह गरेका थिए । पोखराको हिरासतमा आएका नेताहरुलाई आन्दोलन गरेर आफूलाई दबाबबाट छोडाउन पहल गर्न निर्देशन दिएका थिए । त्यस विषयमा छलफल गर्दा पार्टीभित्र निकै रस्साकस्सी भयो । आन्दोलन गर्ने र नगर्नेवीचमा दुईधार देखिएपछि आन्दोलन नगर्ने निर्णयमा पुग्यो ।

उपसभापति डिपी अर्याल आन्दोलनको पक्षमा रहेर आकश्मिक रुपमा बोलाएको बैठकमा अर्को समूहले आन्दोलन गर्न नहुने अडान राख्यो । विगतमा रविको पक्षमा रहेको भनिएका सुमना श्रेष्ठदेखि हरि ढकालसम्मले आन्दोलनको विपक्षमा उभिएका थिए । त्यसले गर्दा रास्वपा रविको पक्षमा आन्दोलन गर्न सक्ने अवस्थामा भएन । त्यसैगरी, रविले भनेको अर्को कुरा पनि पार्टीले कार्यान्वयन गर्न सकेन । स्रोत भन्छ, रवि कीर्तिपुरको चुनावमा माओवादी उम्मेदवारलाई समर्थन गर्ने लाइनमा रहेका थिए । पार्टीलाई त्यसै अनुसार सन्देश दिएका थिए तर पार्टीले निर्णय नगरेर मौन बस्यो । त्यसले गर्दा पछिल्ला दिनमा पार्टीमा रविको अवस्था कमजोर बन्दै गएको टिप्पणी पार्टीभित्रै हुन थालेको छ । कतिपयले भने रविको पार्टी नै विभाजित हुने संभावना रहेको समेत चर्चा गर्न थालिएको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १७)