जहाजमा एक्लै सयर गर्नका लागि कसैले जहाज नै चार्टर गरेर लिने गर्दछन् । तर, कोही यस्ता भाग्यमानी पनि हुन्छन् जसले नियमित यात्रामै यसरी एक्लै यात्रा गर्ने मौका पाउँछन् । तिनका लागि यो एकदमै शानदार मौका बन्यो जब १९९ सिटको जहाजमा उनले एक्लै यात्रा गर्ने मौका पाइन । डिसेम्बर २४, २०१८ का लागि फिलिपिन्सकी लुईसा एरिस्पे नामकी महिलाले डिबोबाट मनिलाको लागि फिलिपिन्स एयरलाइन्सको पीआर २८२० को टिकट बुक गरेकी थिइन ।
जब उनी बोर्डिङ पास लिएर जहाजभित्र गइन तबमात्र उनले थाहा पाइन कि १९९ सिट भएको यो जहाजमा उनी एक्लो यात्रुृ थिइन । सुरुमा डराएकी उनी क्रु मेम्बरहरूसँग कुराकानी गर्न थालेपछि एकदमै खुसी देखिएकी थिइन । क्याबिन क्रु सदस्यले उनको देखभाल पनि राम्रैसँग गरे । उनले यात्रा स्मरण गर्दै आफू एकसिटबाट अर्काेसिट घुम्दै ठूलो जहाजमा एक्लै रमाइलो यात्रा गरेको कुरा पनि उल्लेख गरेकी छिन् । आफूले निजी विमानजस्तो मज्जा लिएको बताएकी छिन् ।



